३ आश्विन २०८१, बिहिबार | September 19, 2024

शेख हसिनापछि बंगलादेशका प्रधानन्यायाधीशको राजीनामा


August 10, 2024
830
Shares

एजेन्सी,२६ साउन । बंगलादेशमा अगस्ट ५ मा शेख हसिनाले राजीनामा दिएपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओबैदुल हसनले पनि आज राजीनामा दिएका छन् । उनको राजीनामा माग गर्दै आन्दोलनरत विद्यार्थीले शनिबार बिहान सर्वोच्च अदालत घेराउ गरेका थिए ।

त्यहाँ आन्दोलनकारीहरु ठूलो संख्यामा भेला भएका थिए । विद्यार्थीहरूले भने, “न्यायाधीशहरूले राजीनामा नगरे हसिनाजस्तै उनीहरूलाई कुर्सीबाट बाहिर निकालिनेछ ।“ आन्दोलनरत विद्यार्थीहरूले सर्वोच्च अदालतका न्यायाधीश हसिनासँग मिलेमतोमा रहेको आरोप लगाएका थिए ।

यी न्यायाधीशहरूले अन्तरिम सरकारलाई न सोधी शनिबार सम्पूर्ण अदालतको बैठक बोलाए । सो बैठकका कारण आन्दोलनकारीले एक घण्टाभित्र न्यायाधीशको राजीनामा माग गरेका छन् । प्रधानन्यायाधीशले राजीनामा दिएपछि थप ५ जना न्यायाधीशले पद छाड्न सक्नेछन् । आन्दोलनकारीले ६ जना न्यायाधीशले राजीनामा नदिएसम्म सडक नछाड्ने बताएका छन् ।

 

प्रतिक्रिया