३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भारतको सहयोगमा निर्माण भएको धुलिखेल अस्पतालको वार्ड भवनको उद्घाटन


415
Shares

काठमाडौं, २४ साउन । भारतको सहयोगमा निर्माण भएको धुलिखेल अस्पतालको वार्ड भवनको उद्घाटन गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ४ करोड २६ लाख आर्थिक सहयोगमा निर्माण गरिएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकास्थित धुलिखेल अस्पतालको वार्ड भवनको बुधबार भारतीय राजदूतावासकी विनाश कुमार सिंहले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, अस्पताल व्यवस्थापनका प्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
अस्पताललाई आवश्यक पर्ने अन्य सुविधासँगै वार्ड भवनको निर्माणमा उपयोग गरिएको थियो । परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । परियोजनाको कार्यान्वयन धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोकमार्फत गरिएको थियो ।

कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक तथा प्रशासनिक निर्देशकले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।

प्रतिक्रिया