३ आश्विन २०८१, बिहिबार | September 20, 2024

बंगलादेशमा अन्तरिम सरकारले भोलि सपथ लिने,२०९ कैदी फरार


2.2k
Shares

काठमाडौं,२३ साउन । बंगलादेशमा राजनीतिक उथलपुथलका बीच नयाँ सरकारको सपथ ग्रहण बिहीबार (अगस्ट ८) राति ८ः३० बजे हुँदैछ । सेना प्रमुख वकार–उज–जमानले यो जानकारी दिए । उनले नयाँ सरकारमा १५ सदस्य रहने बताए ।

अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस पनि पेरिसबाट भोलि बंगलादेश फर्कनेछन् । अर्कोतर्फ द हिन्दूले आफ्नो रिपोर्टमा लण्डनमा आश्रय नपाएपछि शेख हसिना युएई, साउदी अरेबिया वा फिनल्याण्ड जान सक्ने दाबी गरेको छ ।

हसिनाका छोरा वाजेद जोयले आफूले अरु कुनै देशसँग शरण नमागेको बताएका थिए । हसिना अहिले भारतमै रहनेछिन् । यसअघि बंगलादेशमा हसिनाको पार्टी अवामी लिग र उसका सहयोगी दलका करिब २९ नेताको हत्या भएको थियो ।

बंगलादेशमा सुरक्षा कारण देखाउँदै भारतीय दूतावासका १९० कर्मचारीलाई त्यहाँबाट निकालिएको छ । छिमेकी देशमा हिंसाका बीच शेख हसिनाले अगस्ट ५ मा बंगलादेश छोडेकी थिइन् । उनी सैन्य विमानबाट भारत आएकी थिइन् । अहिले उनलाई सेफ हाउसमा राखिएको छ ।

प्रतिक्रिया