राज्य प्रशासनमा गोविन्द भट्टराईसहित कांग्रेसले तोक्यो ३७ विभाग प्रमुख

काठमाडौँ,२१ साउन । नेपाली कांग्रेसले ३७ वटा विभागको प्रमुख तोकेको छ । सोमबार सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनित गरेका हुन् ।
केन्द्रीय सदस्य गोविन्द भट्टराई राज्य प्रशासन विभाग प्रमुख, कृषि तथा किसान विभागको प्रमुखमा उमेश श्रेष्ठ, खेलकुद विभाग उमेशजंग रायमाझी, प्राकृतिक स्रोत विभाग तारामान गुरुङ मनोनित भएका छन् ।
त्यसैगरी,पेसागत तथा बुद्धिजीवी विभागमा डा.डिला संग्रौला, शिक्षा विभाग नैनसिंह महर, स्वास्थ्य विभाग डा। चन्द्रमोहन यादव, निर्माण व्यवसाय समन्वय विभाग मदनबहादुर अमात्य, सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा शिवप्रसाद हुमागाँइ मनोनीत भएका छन् ।
यस्तै,श्रमिक तथा ट्रेड युनियन विभाग हरिशरण नेपाली, भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभाग नृपबहादुर वड, मानव अधिकार विभाग धना खतिवडा, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग कल्याणकुमार गुरुङ मनोनित भएका छन् ।