१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

सर्वोच्चलाई गुठीको जवाफः कित्ता नम्बर १६७ मा बनेको छायादेवी कम्प्लेक्स गुठीको जग्गा हो


996
Shares

काठमाडौं,१६ साउन । गुठी संस्थानले काठमाडौं ठमेलस्थित कमलपोखरीको एतिहासिक जग्गा अतिक्रमण भई छायादेवी कम्प्लेक्स बनेको कि।नं १६७ को जग्गा गुठी संस्थानअन्तर्गतको भएको जवाफ सर्वोच्चलाई पठाएको छ । सर्वोच्चले छायादेवी कम्प्लेक्स बनेको साबिक कित्ता नं १६७ र १०४० का जग्गाहरू २३ मंसिर २०४४ मा नेपाल सरकारका नाममा दर्ता स्रेस्ता कायम भएकामा सोही जग्गाबाट कित्ताकाट भई विभिन्न व्यक्तिका नाममा गएको देखिएकाले के कसरी व्यक्तिका नाममा कित्ताकाट हुन गएको हो रु भनी जवाफ मागेको थियो ।

छाया सेन्टर विवाद

गुठी संस्थानले विवादमा आएको ठमेल गरुड भगवान् गुठीको जग्गा साबिक लगत नम्बर १८३ नम्बरको २६ रोपनी ८ आनामध्येको पछि नापी हुँदा कायम हुन आएको कि।नं १६७ को क्षेत्रफल १२ रोपनी १३ आना २ पैसा २ दाम जग्गा गुठी संस्थानअन्तर्गतको जग्गा भएको सर्वोच्चलाई पठाएको जवाफमा भनिएको छ ।

मालपोत कार्यालयले नेपाल सरकारको निर्देशनअनुसार विरहमा पर्ती, पोखरी इनार, पार्टी पौवा उल्लेख भएको जग्गा तत्कालीन श्री ५ को स्रेस्ता कायम भएको जग्गा भुलबस नेपाल सरकारको नाममा दोहोरो स्रेस्ता कायम भएको भन्ने व्यहोराको १ जेठ २०८१ को च।नं ८६३२ को पत्रबाट देखिएको छ । सो सम्बन्धमा कार्यालयलाई कुनै थाहा जानकारी नभएको गुठी संस्थानले भनेको छ ।

१२ रोपनी १३ आना २ पैसा २ दाम जग्गा साबिकमा पोखरी जनिई नाप भएयता पनि सो गुठीका गुठियारसमेतको सहमतिमा मिलापत्र भई पोखरी डिल कायम गरी केयुरशमशेरलाई मोही कायम गर्नेगरी सर्वोच्च अदालतमा मिलापत्र भएको गुठीले सर्वोच्चलाई पठाएको पत्रमा भनिएको छ । साथै, गुठी संस्थानको २१ जेठ २०३९ को निर्णयले सर्वोच्च अदालतको निर्णयानुसार केयुरशमशेर राणा मोही कायम भई सो जग्गा गुठी अधीनस्त कायम भएको, त्यसपछि सो जग्गाको मोहीयानी हक बिक्री वितरण भई कित्ताकाटसमेत भई व्यक्ति विशेषका नाममा कायम भएको देखिन्छ ।

यता, मालपोत कार्यालय काठमाडौंले काठमाडौंको ठमेलस्थित कमलपोखरीको ऐतिहासिक जग्गा अतिक्रमण भएको कि।नं १६७ को फिल्डबुक विवरणमा पोखरी भए पनि स्रेस्ताको किसिममा सिम प्रकृतिको जग्गा भएको सर्वोच्च अदालतलाई जवाफ पठाएको छ । सर्वोच्चले कमलपोखरीको जग्गा व्यक्तिका नाममा कसरी भयो भनी मागेको जवाफमा मालपोतले यस्तो जवाफ पठाएको हो ।

बैंकर पृथ्वीबहादुर पाण्डेले ठमेल भगवान्बहाल अगाडि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाण्डेको नाममा व्यापारिक कम्प्लेक्स बनाएको भन्दै सो भत्काउनुपर्ने माग गर्दै २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरि श्रेष्ठलगायतका १५ थान मुद्दा सर्वोच्चमा परेको थियो ।

सो मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासले गत २० चैतमा आदेश गर्दै हाल छायादेवी कम्प्लेक्स बनेको साबिक कित्ता नं १६७ र १०४० का जग्गाहरू २३ मंसिर २०४४ मा नेपाल सरकारका नाममा दर्ता से्रस्ता कायम भएकामा सोही जग्गाबाट कित्ताकाट भई विभिन्न व्यक्तिका नाममा गएको देखिएकाले के कसरी व्यक्तिका नाममा कित्ताकाट हुन गएको हो रु सोको विवरण गुठी संस्थान केन्द्रीय कार्यालय र मालपोत कार्यालय काठमाडौंबाट झिकाउन आदेश दिएको थियो । थहवी विक्रमशील महाविहार राजगुठीको संरक्षणमा रहेको कमलपोखरी र डिल र चोकसमेत २६ रोपनी ८ आना क्षेत्रफलका नाइके हिरण्यश्वरमान प्रधानसमेतले २०३३ साल र २०६२ सालमा गुठी संस्थानको ऐनविपरीत मिलापत्र गरी व्यक्तिका नाममा दर्ता गर्न सहीछाप गरिदिएकाले हाल सो गुठीको कार्यसमितिका अध्यक्ष हिरण्यश्वरमानका छोरा सुरेन्द्रमान प्रधानसमेतले सार्वजनिक पोखरी र पोखरीको डिलसमेतलाई व्यक्तिका नाममा रहेको छायादेवी कम्प्लेक्स प्रालि कम्पनीका नाममा हक हस्तान्तरण गर्न सहमतिपत्र दिएका हुँदा थुनामा राखी कारबाही गरी कि।नं साबिक १६७ को हाल कायम २४१२, २४१३, १६१७, २०१९, १०४० समेतका कित्ता सार्वजनिक गरी सो जग्गामा बनाइएका संरचना भत्काउनुपर्ने माग स्थानीयले समेत गरेका थिए ।

मोहीको महलमा १६७ पोखरी उल्लेख
२०४४ सालमा ठमेल वडा नं। २९ को ५७।१४।३।२ रोपनी क्षेत्रफलमा फैलिएको सार्वजनिक जग्गा तत्कालीन श्री ५ को सरकारले आफ्नो नाममा दर्ता ग¥यो । त्यसरी दर्ता गरिएको कमलपोखरीको कित्ता नं १६७ को १२।१३।२।२ रोपनी जग्गाको विवरणमा आवादीमा पर्ती पोखरी र घरजग्गाको महलमा पोखरी कायम गरिएको छ भने जग्गाधनीको नाममा श्री ५ को सरकार लेखिएको छ । मोहीको महलमा पोखरी नै उल्लेख छ । २०३९ सालमा मोहीको महलमा छिरेका केयुरशमशेरको नाम कतै देखिँदैन ।

पहिलो कुरा सो जग्गा गुठीको नाममा थियो । जोताह जग्गामा मात्रै मोही हक लाग्छ, दर्तावाला जग्गामा मोही हक लाग्दैन । तर, सोही दर्तावाला मोहीको हक देखाएर पोखरीको जग्गा व्यक्तिका नाममा दर्ता भएको देखिन्छ । गुठी तथा तहसिल कार्यालय भद्रकालीको प।सं ०३८÷०३९ च।नं २४३३ मिति २०३९ जेठ २१ मा कि।नं १६७ को क्षेत्रफल १२ रोपनी ११ आना २ पैसा २ आना र कित्ता नम्बर १०४० को क्षेत्रफल ९ आना २ पैसा ३ दामको जग्गा दर्तावाला मोही केयुरशमशेर जबराको नाममा कायम भएको देखिएको छ । तर, गुठी ऐन, २०३३ को दफा १९ ले छुट गुठीको हक दायित्व संस्थानमा सर्ने भन्ने उल्लेख छ । सबै छुट गुठी राजगुठीमा परिणत भई त्यस्तो छुट गुठीको चल–अचल जायजेथा, देवमूर्तिसमेतउपर छुट गुठीको भइराखेको सबै अधिकार संस्थानमा सर्नेछ भन्ने उल्लेख छ । र, त्यस्तो छुट गुठीका गुठियार खाल्गीदारको सबै हक अधिकार समाप्त हुनेछ भन्ने उल्लेख छ । तर, सो जग्गा २०४४ सालमा केयुरशमशेर जबराबाट अम्बिका राणाका नाममा नामसारी भएको देखिन्छ । जबकि, गुठी संस्थान ऐनले २०३३ सालमै दर्तावाला मोहीको सबै हक समाप्त गरिसकेको देखिन्छ ।

केयुरशमशेरले दर्तावाला मोहीका रूपमा आफ्नो नाममा जग्गा ल्याउन खोजेको देखिन्छ । मोही हक पाउनका लागि उनी जोताह किसान होइनन् । तर, गुठी संस्थाको दफा २६ को उपदफा ४ ले दर्तावाला मोहीको हक समाप्त भई आफ्नो हक हुन आउने खास जोताह किसानले उपदफा ९३०मा तोकिएबमोजिम क्षतिपूर्तिको रकम दाखिला नगरेमा वा उपदफा ९३ख० बमोजिम बक्यौता कूत तोकिएबमोजिम नतिरेमा सो जग्गाक�

प्रतिक्रिया