२३ भाद्र २०८१, आइतबार | September 8, 2024

‘२२ अर्ब नतिर्दा पनि दलालको पक्षमा सरकार उभिने कठै मेरो देश’


6.5k
Shares

काठमाडौं,१२ साउन । नेपाल तरुण दल केन्द्रीय सदस्य संजिव गुरुङले नेपाल विद्युत प्राधिकरणलाई सरकारले अनावश्यक दबाब दिएको टिप्पणी गरेका छन् । शुक्रबार एक सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गुरुङले असन्तृष्टि जनाएका हुन् ।

उनले लेखेका छन्,‘सर्बसाधारणले २ हजार पैसा न तिर्दा बत्तीको लाईन काटिन्छ दलाल ब्यपारीहरूले २२ अर्ब न तिर्दा प्रधानमन्त्रीसम्म दलालहरुकै पक्षमा उभिन्छ ! मेरो देश !’

नेपाल विद्युत प्राधिकरणले यस अघि सरकारको कार्यकालको अन्तिम सातादेअि ट्रक तथा डेडिकेटेड महसुलसम्बन्धि विवाद भएका उद्योगहरुमा लाइन काट्न सुरु गरेको थियो ।

प्राधिकरणले २०७३ पुसदेखि २०७५ बैशाखसम्मको झण्डै ६ अर्ब ६० करोड बक्यौता कायम गरी १५ दिन भित्र तिर्न ताकेदा गरेको थियो । सो अवधिमा महशुल भुक्तानी नगरेको भन्दै विवादित ६१ उद्योगमध्ये ६ वटामा लाइन काटिएको छ भने बाँकी उद्योगहरुले आफै लाइन काटेर त्यसको विरोध जनाइरहेका थिए । ती उद्योगको लाइन नजोडेसम्म आफुहरु पनि लाइन नजोड्ने भन्दै अडान लिएका थिए ।

नयाँ सरकार गठनपछि प्रधानमन्त्री,उर्जामन्त्री,प्राधिकरणका कार्यकारी निर्देशक तथा उद्योगीहरुबीच भएको छलफलपछि काटिएका उद्योगहरुको लाइन जोड्न प्रधानमन्त्रीले ठाडो आदेश दिएका थिए । तर विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक निर्देशक कुलमानले मन्त्रीपरिषदको निर्णयको आधारमा लाइन काटिएको भन्दै जोड्न पनि मन्त्रिपरिषदकै निर्णय चाहिने अडान लिएका थिए । नयाँ सरकार गठनभएसँगै काम गर्न अफ्ठेरो हुने निष्कर्षसहित कुलमानले बाहिरिने मनस्थिति बनाएको समेत बुझिएको छ ।

मंगलबार बसेको प्राधिकरणको बोर्ड बैठकले सरकारको दबाबका बिच २५ असारदेखि रिलायन्स स्पिनिङ मिल,घोराही सिमेन्ट,अर्घाखाँची सिमेन्ट,जगदम्बा स्टिल,जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगहरुको लाइन जोडिदिने निर्णय गरेको छ ।

प्रतिक्रिया