कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौं,११ साउन । लामो समयदेखि मृगौला रोगबाट पीडित कीर्तिपुर नगरपालिकाको मेयर राजकुमार नकर्मीको निधन भएको छ ।
नकर्मीको उपचारको क्रममा बीर अस्पतालमा निधन भएको हो ।
मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ । उनको पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधव ढकालले बताए ।