२३ भाद्र २०८१, आइतबार | September 8, 2024

भारतको नेपाललाई अनुदान सहयोग वृद्धि, बजेटमै ११ अर्बभन्दा बढी विनियोजन


498
Shares

काठमाडौं, ८ साउन । भारतले नेपाललाई ११ अर्बभन्दा बढी अनुदान दिनेगरी बजेट विनियोजन गरेको छ । भारतको संसदमा मंगलबार वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेको बजेटमा ७ करोड भारु अर्थात ११ अर्ब २० करोड नेपाली रुपैयाँ नेपाललाई अनुदान दिने गरी विनियोजन गरिएको हो ।

भारतले अघिल्लो वर्षको तुलनामा ५० करोड भारु वृद्धि गरेको हो । यो वृद्धिसँगै नेपालमा भारतको अनुदान सहयोगमा बढी कामहरु हुने देखिएको छ ।

भारतले प्रत्येक वर्ष नेपाललाई अनुदान सहयोग दिदै आएको छ । नेपालमा पूर्वाधार विकासमा भारतको अनुदानको बढी हिस्सा खर्च हुनेगर्छ ।

प्रतिक्रिया