३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नेपाली सेनाले भावी सेनापतिको नागरिकता विवादबारे के भन्यो


1.2k
Shares

काठमाडौं, ३ साउन । नेपाली सेनाले भावी सेनापति अशोक सिग्देलको नागरिकता विवादबारे धारणा सार्वजनिक गरेको छ । बिहिबार नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता गौरवकुमार केसीले सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि पनि सिक्रिनमा देखाएर बोले ।

केसीका अनुसार रथी सिग्देलको नागरिकतामा कुनै समस्या नरहेको र शुरुमा लिएको नागरिकता र पछि प्रतिलिपि लिंदाको वर्ष र जन्ममिति २०२३ नै रहेको छ । उनले शैक्षिक प्रमाणपत्रहरुमा पनि जन्ममिति २०२३ नै रहेको बताए ।

उनको जन्ममितिबारे शैक्षिक संस्थामा ढड्डामा केरमेट गरेको तथ्यबारे भने उनले केही बोलेनन् । बरु सेनाको ऐन नियम अनुसार नै सबै प्रमाणपत्रहरु ठिक रहेको बताए ।

सिग्देल भदौबाट सेनापति बन्ने लाइनमा छन् । हालका सेनापति प्रभुराम शर्मा केही दिनमै घरबिदामा बस्नेछन् ।

प्रतिक्रिया