६ पुस २०८१, शनिबार | December 21, 2024

के ओलीले फुटाएका थिए जसपा नेपाल ?


415
Shares

काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी नेपाल प्रचण्ड प्रधानमन्त्री हुँदा फुटेको थियो । अशोक राईले जसपा बनाए त्यतिबेला । पार्टी फुटेपछि आक्रोशित उपेन्द्र यादवले त्यतिबेला प्रचण्डलाई दोष लगाए ।

जसपा फुटेर बनेको जसपा नेपालले ७ जना सांसद संख्या भएपनि २ मन्त्री पाएको छ केपी शर्मा ओली नेतृत्वको सरकारमा । प्रदीप यादव खानेपानी र नबलकिशोर साह सुडी महिला, बालबालिका मन्त्री बनेका छन् । यी दुवै अघिल्लो सरकारमा पनि मन्त्री थिए ।

जसपा नेपाल फुट्नुमा ओलीको पनि भूमिका रहेको आशंका त्यतिबेला थियो । अहिले उनी प्रधानमन्त्री हुँदा जसपा नेपालले दुई मन्त्री पाएबाट आशंका झन् बढेको छ ।

सरकारमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले स्थान पाएनन् । उनीहरुका सांसद मन्त्रीका आकांक्षी थिए ।

प्रतिक्रिया