ओली चौंथोपटक प्रधानमन्त्री भएपछि भेट्ने पहिलो राजदूत चिनियाँ
काठमाडौं, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राजदूत चेन सङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । ओली प्रधानमन्त्री भएपछि पहिलो भेटनै सङसँग गरेर सन्देश दिएका छन् ।
पछिल्लो समय ओली चीनसँग निकै नजिक भएका छन् । उनले भारतको आलोचना गर्दै आएपनि चीनसँगको सम्बन्धलाई निकै महत्व दिएका थिए ।
बीआरआई ओली प्रधानमन्त्री हुँदा सम्झौता भएको थियो । यसको कार्यान्वयनमा चीनले दबाब दिदै आएको छ ।