३१ भाद्र २०८१, सोमबार | September 17, 2024

ओली चौंथोपटक प्रधानमन्त्री


415
Shares

काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौंथोपटक प्रधानमन्त्री भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

ओलीलाई नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरुको समर्थन प्राप्त भएपछि संविधानको धारा ७६ २ बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख छ ।

ओलीलाई राष्ट्रपतिले शितलनिवासमा शपथका लागि बोलाएका छन् । ओली यसअघि तीनपटक प्रधानमन्त्री भइसकेका छन् ।

प्रतिक्रिया