३ आश्विन २०८१, बिहिबार | September 20, 2024

आफु अनुकुलका मन्त्री छान्दै ओली, को–को पर्लान् ?


830
Shares

काठमाडौं,२७ असार । नेकपा एमालेले मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । बुधबार बसेको सचिवालय बैठकले मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको हो ।

नयाँ मन्त्री बन्नेहरुको मापदण्डबारे समेत पार्टीले निर्णय गरेको छ । ओली आफै प्रधानमन्त्री बन्ने भएकाले उनी आफैलाई सहज हुने खालको टिम बनाउने उनी निकट नेताहरु बताउँछन् ।

त्यसो त ओली आफैले पनि मन्त्री छान्न अन्य नेताहरुसँग पनि सुझाव मागिररहेका छन् ।

नयाँ सरकार गठन नहुँदै मन्त्रालय भागवण्डा र मन्त्रीको बन्नेबारे काँग्रेस र एमालेका नेताहरु सक्रिय छन् । दुवै दलबीच कतिपय मन्त्रालयको भागवण्डा मिलेको छ ।

विश्वस्त स्रोतका अनुसार एमालेले प्रधानमन्त्रीसहित सञ्चार, अर्थ, भौतिक पूर्वाधार, कानून, रक्षा जस्ता मन्त्रालय लिने भएको छ ।

काँग्रेसले गृह, परराष्ट्र, ऊर्जा जस्ता मन्त्रालय लिने भएको छ । एमालेबाट विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ मन्त्री बन्ने निश्चित भएको छ । काँग्रेसबाट आरजु देउवा, गगन थापा, एनपी साउद मन्त्रीका दाबेदार छन् ।

प्रतिक्रिया