८ आश्विन २०८१, मंगलबार | September 24, 2024

गिरिजाप्रसाद कोईराला युगपुरुष,असल संगठनकर्ता र व्यवहारवादी नेता


2.6k
Shares

काठमाडौं,२१ असार । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोईरालालाई युगपुरुष, असल संगठनकर्ता र व्यवहारवादी नेताको रुपमा सम्झना गरिएको छ । जय नेपाल फाउण्डेसनले कोइरालाको जन्म शताब्दीको सन्दर्भमा आयोजना गरेको बैचारिक वहशमा सहभागि नेताहरुले उहाँलाई परिवर्तनका नायकका रुपमा सम्झेका हुन ।

कार्यक्रममा संविधानसभाका सदस्य तथा नेपाली कांग्रेसका नेता शोभाकर पराजुलीले गिरिजाप्रसाद कोईराला शाहसी नेता भएको वताउदै संसद पुनस्थापना देखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मको राजनीतिक कोर्षले त्यसको पुष्टि गरेको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले परिस्थिति अनुरुप आफुलाइ ढाल्ने र दाजु वीपीलाइ हरतरहले सहयोग गर्ने नेताका रुपमा कोइरालाको स्मरण गर्नुभयो । महरले कोईराला संस्कार भएको र संगठनमा वलियो पकड भएको नेता रहेको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका नेता रघुनाथ पौडेलले गिरिजाप्रसाद कोईरालाले गरेका कामले उहाँलाइ युगपुरुष बनाएको वताउनुभयो । पार्टीलाइ हित हुन्छ भनेपछि एक्लै पनि निर्णय गर्ने, कार्यकर्ताको कुरा धैर्यतापुर्वक सुन्ने कोइरालाको स्वभाव साच्चै अनुकरणीय रहेको पौडेलको भनाई थियो ।

वरिष्ठ पत्रकार तथा कोईरालाको बिषयका अनुसन्धानकर्ता डा. जगत नेपालले गिरिजाप्रसाद कोइराला बाचिन्जेल उहाँले वोलेको हरेक कुरा मिडियाको हेडलाइन बन्ने गरेको स्मरण गर्नुभयो । होमवर्क गरेर वोल्ने र वोलेपछि व्याक नहुने, कार्यकर्ताको हितको पक्षमा उभिने,कसैलाइ गालि नगर्ने तर एक्सनवाट जवाफ दिने नेताका रुपमा कोइरालाको स्मरण गर्दै नेपालले कोईरालालाई जोखिम लिनसक्ने नेताका रुपमा चित्रण गर्नुभयो ।

यस्तै वरिष्ठ पत्रकार प्रकाश अधिकारीले स्वार्थ समुहहरुले गिरिजाप्रसाद कोईरालालाइ नियोजित रुपमा वदनाम गर्ने प्रयास गरेको भएपनि उहाँको मन सफा रहेको उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका नेता तथा बिश्लेषक प्रमोद हरी गुरागाईले गिरिजाप्रसाद कोईराला संघर्षशील र आफ्नै वलवुताले नेता भएको कुशल संगठक र व्यवहारवादी नेता भएको उल्लेख गर्नुभयो । सह प्राध्यायक डा.लोकनाथ दुलालले अनुशासन र संस्कार गिरिजाप्रसाद कोईरालावाट सबैले अनुकरण गर्नुपर्ने वताउनुभयो ।

महिला संघकी केन्द्रीय सदस्य तारा थपलियाले गिरिजाप्रसादले के वोल्नुहुन्छ र अव के हुन्छ भन्ने चासो उहाँको जीवनकालभर हुनेगरेको उल्लेख गर्नुभयो । यस्तै महिला नेतृ ज्ञानु तिमल्सेनाले शाहसी र व्यवहारीक नेताका रुपमा गिरिजाप्रसाद कोइरालालाई सम्झने वताउनुभयो । कार्यक्रममा कांग्रेस नेता अर्जुन पौडेलले कोईरालाले कार्यकर्तालाइ सधै उत्साहित बनाउने गरेको उल्लेख गर्नुभयो ।

अधिवक्ता रुद्र कन्दडवाले गिरिजाप्रसाद कोईराला नभएको भए संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना संभव नै नरहेको उल्लेख गर्दै जोश र आँट भएको नेताका रुपमा कोइरालालाइ चिनेको वताउनुभयो । अर्थशास्त्री भावुकराज न्यौपानेले अडान भएको नेताका रुपमा कोइरालाको स्मरण गर्नुभयो ।

कार्यक्रममा फाउण्डेसनका अध्यक्ष वद्री अर्यालले संस्थाका बिषयमा जानकारी दिनुभएको थियो । जय नेपाल फाउण्डेसनले जनतामा व्याप्त निराशा र अवको कार्यदिशा अन्तर्गत रहेर हरेक सुक्रवार विभिन्न विषयमा बैचारिक वहस संचालन गर्दै आइरहेको संस्थाका सदस्य सचिव विजयराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया