२२ भाद्र २०८१, शनिबार | September 8, 2024

एसइईमा तीनजनाले ४ जिपिए ल्याएर उत्कृष्ट बन्यो गोकर्णेश्वर लाइट एकेडेमी


12.7k
Shares

काठमाडौं,१९ असार । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर लाइट एकेडेमीका तिन विद्यार्थीहरुले माध्यमिक विद्यालय परीक्षा (एस इ इ) मा जिपिए ४ ल्याएका छन। २०८० चैत्रमा सम्पन्न भएको एस इ इ परिक्षामा सो विद्यालयका तिन छात्राले जिपिए ४ ल्याएका हुन्।

गोकर्णेश्वर लाइट एकेडेमीका छात्राहरु मेलम्ची नगरपालिका सिन्धुपाल्चोकका प्रीति पौडेल, एलिसा राउत र सुजाता चालिसेले जिपिए ४ ल्याउदै सफलता हासिल गरेका छन भने एक जनाले ३.९६, एक जनाले ३.९५ र चार जनाले ३.९१ जिपिए प्राप्त गरेका छन।

२०६४ सालमा स्थापना भएको गोकर्णेश्वर लाइट एकेडेमी २०७१ सालबाट एसईई परिक्षामा सहभागी भएको थियो। परीक्षामा ३६ जना सहभागी विद्यार्थीहरु मध्ये ३ जना को ४.० जिपिए सहित ३१ जनाको ३.६५ भन्दा माथि र ५ जनाले ३.४५ देखि ३.६० सहित समग्रमा ३.७७ जिपिए ल्याएर गोकर्णेश्वर नगरपालिकामा प्रथम हुदै काठमाडौं जिल्ला भित्र उत्कृष्ट नतिजा ल्याउने विद्यालय भित्र पर्न सफल भएको छ ।

विद्यालयका प्रिन्सिपल सौर्यनाथ आचार्यले छात्राहरुले ल्याएका उत्कृष्ट नतिजालाई विगत १३ वर्षदेखिको स्कुलको निरन्तर लगाव, अभिभावकहरुको चासो, शिक्षकहरुको प्रयास र विद्यार्थीहरुको मेहेनतको एउटा कम्बिनेसन भएको बताउनुभयो ।

 

प्रतिक्रिया