२२ भाद्र २०८१, शनिबार | September 8, 2024

दीपिकाले परिवारका लागि ‘कल्की’ को स्क्रिनिङ आयोजना गरेपछि…


166
Shares

काठमाडौं,१९ असार । ’कल्की २८९८ एडी’ रिलिज भएपछि दीपिका पादुकोणले रणवीर सिंह, उनकी सासू र नन्दका लागि मुम्बईको पीभीआरमा विशेष स्क्रिनिङ आयोजना गरिन्।

रणवीर सिंहकी आमा र बहिनी दुवै फिल्म हेर्न आएका थिए । दीपिका पादुकोणले सेतो टी–सर्ट र नीलो डेनिमको ब्लेजर लगाएकी थिइन्। दीपिका आफ्नो बेबी बम्प फ्ल्यान्ट गर्दा निकै क्यूट देखिएकी थिइन् । रणवीर सिंह कालो लुकमा देखिए ।

फिल्म हेरेपछि रणवीर सिंहले आफ्नी श्रीमती दीपिका पादुकोण, प्रभास, अमिताभ बच्चन, कमल हसन र फिल्मका निर्देशक नाग अश्विनको तारिफ गर्दै ‘कल्की’लाई ठूलो फिल्म भनेका छन् ।

विक्की कौशलको फिल्म ‘ब्याड न्युज’ को पहिलो गीत ‘तौबा तौबा’ सार्वजनिक भएको छ । यस गीतको लञ्चमा विक्की कौशल, सन्नी कौशल, जाकिर खान, जयदीप अहलावत र कुशा कपिला देखिएका थिए । यो फिल्म १९ जुलाईमा हलमा रिलिज हुँदैछ । यस फिल्ममा तृप्ती डिमरी, एमी विर्क र विक्की कौशलको जोडी पहिलो पटक देखिनेछ ।

‘खतरों के खिलाडी १४’ को रोमानियामा करिब एक महिनादेखि छायांकन चलिरहेको थियो । अहिले यो शोको छायांकन सकेर सबै प्रतियोगीहरु आफ्नो देश फर्किएका छन् । यस शोमा ज्याकी श्राफकी छोरी कृष्णा पनि देखिनेछिन् । ज्याकी उनलाई स्वागत गर्न एयरपोर्ट पुगे।

अरबाज खानले गत वर्ष मेकअप आर्टिस्ट शुरासँग दोस्रो विवाह गरेका थिए । मुम्बईको एक अस्पताल बाहिर देखिएपछि शुरको गर्भावस्थाको चर्चा सुरु भयो । सोध्दा अरबाज खानले पनि त्यस्तो केही नभएको जवाफ दिए ।

 

प्रतिक्रिया