८ बैशाख २०८३, मंगलबार | April 21, 2026

६० किलो सुन तस्करी प्रकरणः अनुसन्धानमा सीआईबीले देखेका पाटा


332
Shares

काठमाडौं,१८ असार। ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले ब्रेक सु र अन्य इलेक्ट्रिक समानमा लुकाएर ३२ क्लिन्टल सुन तस्करी भएको निष्कर्षसहितको ५६२ पृष्ठ लामो प्रतिवेदन आइतबार बेलुका अबेर सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

यसअघि ३१ असोज २०८० मा ६० किलो सुन तस्करी प्रकरणमा सीआईबीले २४ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा एउटा मुद्दा दायर गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार, सीआईबीले बुझाएको पछिल्लो प्रतिवेदनमा थप अध्ययन गरी मंगलबार पूरक अभियोगपत्र पेस गरिनेछ ।

२ साउन २०८० मा ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थल नजिकैबाट बरामद भएको थियो । अनुसन्धानका क्रममा टोखालगायतका स्थानमा सुन गाल्ने मेसिन भेटिएको थियो ।

सीआईबीले लामो अनुसन्धानपछि विभिन्न आठ अभियोगमा ४६ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको छ । सुन तस्करी, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, फौजदारी अपराध संहिता ९डिजिटल करेन्सी०, हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज ९नागरिकता० किर्तेसमेत आकर्षित हुने भएकाले सो अभियोग दाबी गरेर मुद्दा चलाउनुपर्ने राय सीआईबीको प्रतिवेदनले दिएको छ । यद्यपि, सीआईबीको प्रतिवेदन अध्ययनकै क्रममा रहेकाले कति अभियोग दाबी गर्ने भन्नेमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय निष्कर्षमा पुगिसकेको छैन ।

सीआईबीले प्रतिवेदनमा अभियोगपत्रसँगै २० जना पेस गरिने र थप २६ जना फरार अभियुक्तका रूपमा देखाउने जनाएको छ । हाल पक्राउ पर्नेमा १४ जना नेपाली नागरिक, चार जना भारतीय र दुई जना चिनियाँ नागरिक छन् ।

दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेमा सिद्धार्थ भनिने सिद्धनाथ अशोक गायकवाड, धिरज दिनेश भोइटे, नेपाली नागरिकतामा सोनाम गुरुङ भएका चिनियाँ नागरिक शेराप, राजु पलासे भन्ने राजु खत्री, प्रशान्त गणेश बजबलकर, चिनियाँ नागरिक गेन्जा झाछी, राजु खत्री भन्ने प्रेमनाथ सेढाई, कान्छा लामा, मनोजराज श्रेष्ठ, रूपक भण्डारी, बैजनाथ ब्रह्मादत्त गोयल र सुरेन्द्रमान श्रेष्ठ छन् ।

यस्तै, तस्करीमा अवैध भुक्तानी प्रक्रियामा संलग्न रहेको भन्दै पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना, सहायक प्रम�

प्रतिक्रिया