१० माघ २०८१, बिहिबार | January 23, 2025

आरजु जोगाउन देउवाको दौडाहा


830
Shares

काठमाडौं, १६ असार । नेपाली काँग्रेस कुनैबेला यस्तो दल थियो जस्को नेतालाई भेट्न अर्को दलको नेताले हत्तपत्त समय पाउँदैनथिए । समय पाएपनि निवासमै पुगेर भेट्थे । समय भेरिएको छ अहिले काँग्रेस सभापति शेरबहादुर देउवा अर्को दलको दैलो चहार्न वाध्य भएका छन् ।

पत्नी आरजु देउवाका कारण देउवा पछिल्लो समय कहिले बाल्कोटस्थित केपी शर्मा ओलीको निवासमा त कहिले प्रधानमन्त्रीका रुपमा प्रचण्ड बस्दै आएको बालुवाटारस्थित सरकारी निवासमा पुगिरहेका छन् । देउवा शनिबार ३ घन्टा ओलीलाई भेटेर फर्किए । पत्नी आरजु पनि भेटमा सहभागी भइन् ।

नक्कली भुटानी शरणाथी काण्डको फाइल फेरि अगाडि बढाइएपछि आरजुको दौड चलेको हो । यो प्रकरणमा बेचेन झा पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक पनि समातिए । आरजु पनि यो प्रकरणमा समातिने चर्चा चलेसँगै उनी देउवालाई लिएर ओलीसँग महत्वपूर्ण सत्ता सम्झौतामा पुगेको विषय चर्चामा छ ।

बेचेन झाले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने बिचौलिया रामशरण केसीमार्फत् करोडौको चेक र रकम लिएको प्रमाण प्रहरीसँग रहेको छ । उनीमार्फत् काँग्रेसका कतिपय नेताले समेत रकम बुझेको बुझिएको छ । उनी फरार थिए । झाले क कस्लाई पैसा दिएको प्रमाण राखेका छन् त्यसले यो प्रकरणको नाइकेहरुबारे धेरै तथ्य खुल्न सक्ने बुझिएको छ ।

प्रतिक्रिया