३ आश्विन २०८१, बिहिबार | September 20, 2024

मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित विद्यालयका लागि छात्रावास भवनको शिलान्यास


332
Shares

काठमाडौं, १४ असार । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवनको शुक्रबार संयुक्त रुपमा शिलान्यास गरेका छन् । ‘नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको ४ करोड १४ लाख आर्थिक सहयोगमा उक्त छात्रावास भवनको निर्माण गर्न लागिएको हो ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र गुम्बा विद्यालय व्यवस्थापनका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

भारत सरकारको अनुदान सहयोगमा उक्त गुम्बा विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले छात्रावास भवनको निर्माणमा उपयोग गरिने जनाइएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । यस परियोजनाको कार्यान्वयन लोमान्थाङ गाउँपालिका, मुस्ताङमार्फत गरिने जनाइएको छ ।

कार्यक्रममा बोल्दै लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका अध्यक्ष र राजनीतिक प्रतिनिधिले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा र आवास सुविधा प्रदान गर्न नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । शिक्षाको विकास र धार्मिक रेखदेखमा योगदान पुऱ्याउनुका साथै यस क्षेत्रका आफ्नै संस्कृति र परम्पराको संरक्षण गर्न मद्दत गर्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया