२२ भाद्र २०८१, शनिबार | September 8, 2024

सचिव हुँदै मुख्यसचिव पछि अख्तियारको तारोमा पूर्वमन्त्रीहरु


498
Shares

काठमाडौं, १३ असार । ठूलै दबाब थेग्नुपरेको थियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्याललगायतलाई अन्तशुल्कको स्टिकर छपाईको भ्रष्टाचार काण्डमा मुद्दा दायर गर्दा । तर, लामो कसरतपछि प्रमाण पुर्याएर अख्तियारले मुद्दा दायर गर्यो ।

यसअघि अर्थसचिव मधु मरासिनीमाथि पनि अख्तियारले मुद्दा दायर गरेकोमा उनले विशेष अदालतबाट सफाई पाएका छन् । बहालवाला र पूर्व सचिवहरु धमाधम अख्तियारको तारोमा परिरहेका छन् ।

अब टेरामक्स प्रणालीमा दुई पूर्वमन्त्रीलाई भ्रष्टाचारको मुद्दा दायर गर्ने तयारी भइरहेको छ । अख्तियारभित्र आयुक्तहरुबीच साझा सहमति नबन्दा मुद्दा ढिलो भएको हो ।

टेरामक्स प्रणालीमा तत्कालीन सञ्चारमन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेतमाथि मुद्दा दायर हुने बुझिएको छ । दुवै नेपाली काँग्रेसका बहालवाला सांसद हुन् । मुद्दाबाट जोगिन दुवै हात धोएर लागेका छन् । यो प्रकरणमा निलम्बित मुख्यसचिव अर्याल पनि मुछिएका छन् । ठूलै गिरोहले टेरामक्स प्रणालीमा घोटाला गरेको छ । जुन प्रणाली प्रयोगमा पनि ल्याइएको छैन ।

अख्तियारले यसअघि पूर्वमन्त्री जीवनबहादुर शाहीमाथि वाइडबडी प्रकरणमा मुद्दा दायर गरेको छ । शाही काँग्रेसका हुन् । एउटै मामलामा दिवंगत रविन्द्र अधिकारीमाथि भने कुनै मुद्दा दायर भएन । वाइडबडी प्रकरणमा उनको संलग्नता पाइएको छ । अधिकारी एमालेमा आवद्ध थिए । कसैको मृत्यु भएपनि भ्रष्टाचारको मुद्दा लाग्छ ।

प्रतिक्रिया