२३ आश्विन २०८१, बुधबार | October 9, 2024

समाजमा आतंकको रुपमा ‘पत्रकारीता’,सरकार मौन !


12.2k
Shares

संजिब गुरुङ्ग । पत्रकारिता भनेको प्रिन्ट र गैर प्रिन्ट मिडिया आउटलेटहरुको विस्तृत विविधता मार्फत सामाचारहरूको भेला, संगठित वितरण हो । फिचर कथाहरू र टिप्पणीहरू समावेश गर्न यो पेशालाई अपनाइएको पाइन्छ ।

पत्रकारिता उत्पादनको प्राराम्भिक सन्दर्भ रोम लगभग ५९ इसा पुर्वबाट आउछ त्यो बेला समाचार एउटा डिउर्ना भनिने सर्कुलरमा रेर्कड गरिएको थियो । यसलाई दैनिक प्रकाशनको रुपमा लिइ सवैलाई पढ्नको लागि वा पढ्न सक्षम भएकाहरुका लागि शहरभर रणनितिक रुपमा झुण्डाएको थियो ।

ताङ् राजवंशको समयमा ६१८ इस्वी देखी ९०७ इस्वी सम्म च्निले एक अदालतको प्रतिवेदन तयार पार्यो यो त्यसपछि १ वाओ नाम दिइएको थियो । सरकारी अधिकारीहरूलाई सान्दर्भिक घटनाको जानकारी गराउन लागि यो पछि १९११ को अन्य सम्म र किंग राजवंशको सम्म विभिन्न रूप र नामहरू जारी रह्रयो यद्यपि नियमित प्रकाशनको पहिलो संकेत जर्मनी १६०९ मा पत्ता लगाउन सकिन्छ र अंग्रेजी भाषामा प्रकाशित प्रारम्भिक पत्र ( पुरानो अंग्रेजी भएपनि ) १६२२ बाट साप्ताहिक समाचार भनेर चिनिने खबर आयो तथापि डेली कौरेन्ट पहिलो पटक १७०२ मा देखा पर्यो सार्वजनिक उपभोगको लागि पहिलो दैनिक पेपर थियो ।

समग्र इतिहास हेर्ने हो भने पत्रकारिता पेशा समाजमा प्रकाश,ज्योतिको रूपमा देखिन्छ । हरेक सत्य, तथ्य, प्रमाण र आधारका समाचार संप्रेशण गरि समाजमा चेतना अनुशासन, सद्भाव कायम राख्न यो पेशाले अग्रणी भूमिका निर्वाह गरेको थियो । पढ्न सक्नेको लागि पत्रिका, पढ्न नसक्नेको लागी रेडियो र हेर्नको लागि टेलिभिजनबाट समाजमा चेतना जगाउन यो पेशामा कर्मचारी तल्लिन हुन्छन् । यसै क्रममा सन् १८५० तिर नेपालमा पनि छापाखानाको स्थापना भयो र पहिलो पत्रिका गोरखापत्र साप्ताहिक सन् १९०१ मा प्रकाशन हुन थाल्यो ।

समग्र इतिहास हेर्ने हो भने पत्रकारिता पेशा समाजमा स्थापित र मान्यता प्राप्त संस्था हो र यसले गरेको योगदानहरु अविश्मरणिय छ । नेपालमा पनि पत्रकारिता पेशालाई राष्ट्रको चौथो अंगको रुपमा सम्मान गरिन्छ । समयको परिवर्तनसँगै समाजमा राजनीतिक अस्त व्यस्त,स्थिर सरकार नहुदाँ राज्यमा धेरै नागरिकहरु समय अनुसारको काम गर्न बाध्य भएको देखिन्छ । राज्यले गरेको व्यबस्था, बनाइएको नीति सही ढंगले कार्यन्वयन गर्न नसक्दा पत्रकारिता पेशा किराना पसलकै रुपमा मौलाएको देखिन्छ । समाजमा चेतना दिनु समाजलाई सुचना प्रवाह गर्नु गर्वको कुरा हो तर आज अभाव र प्रभावमा परी सत्यहिन र प्रमाणहिन समाचार सम्प्रेसण हुदाँ समाजमा विकृति छाएको देखिन्छ ।

पत्रकारिता पेशाकर्मी स्वार्थ र लोभमा परि सत्ता र शक्ति हुनेको समिपमा घुम्दा समाजमा भएका सत्य र यथार्थका गतिविधिहरु ओझेलमा परेको देखिन्छ, आफुखुसी क्रियाकलापमा व्यस्त हुदाँ आफू नजिकलाई बढाइ चढाइ गर्न खोज्दा समाजमा विकृति नै सिर्जना भएको देखिन्छ । आज समाज पूर्णरुपमा अन्धकारको बाटोमा हुदाँ नीति थिति सबै नासिदै गर्दा नीति निर्माण गर्नेहरुबाट छाडापनको सुरुवात हुदै समाजसम्म विकृति पैदा हुदाँ सम्म समाजको प्रकाशको रुपमा स्थापित पेशा र पेशाकर्मीले बोकेको क्यामेरा र पेनको कभर नखोलेको देखिन्छ । उही पुरानै दलालहरुको चाकडी गर्दै दलालहरुलाई सर्बेसर्बा ठान्दा समाजको प्रतिष्ठानमा नै आँच आएको सहजै अनुमान गर्न सकिन्छ ।

हरेक अनावश्यक क्रियाकलापमा मिडियाकर्मी सहभागी हुदाँ न्याय मरेको देखिन्छ । कानुनमा लेखिएको कानुनको धारा र प्रकृयामा मागेको प्रमाण सत्य हुदाँ पनि पत्रिकामा आएको वा अनलाइनमा खबर हेरी बहस गर्ने परम्पराले हरेक प्रशासनबाट हुने पाउँने न्यायबाट सर्वसाधारण बन्चित हुन पुगेका छन् । समाजमा हुने विकृतिलाई सत्य रुपमा बुझि नङ्ग्याउनु आजको आवश्यकता भएपनि पवित्र पेशा स्वार्थमुखी हूदाँ समाजमा अराजकता मौलाएको देखिन्छ । मिडियाकर्मी देख्दा अब समाजमा प्रकाश होइन आतंक नै मच्चाउने हो की भन्ने एक प्रकारको डर सृर्जना हुन थालेको छ । हरेक मिडिया कर्मीहरु कमाउ धन्दामा लाग्दा,वार्गेनिङ तिर ध्यान दिंदा समाजमा न्याय मरेको छ ।

सरकारमा हुने हेरफेरले गतिलो नीति नबन्दा पत्रकारीता पेशा झन उग्र हुदैं गएको सहजै अनुमान लगाउन सकिन्छ । राज्यको चौथौं अंग पत्रकारले प्रशासनले भन्दा पहिले नै दोषी करार गरिदिने, प्रशासन भन्दा पहिले रेड हान्न पुग्ने, न्यायलयले भन्दा पहिले फैसला गरिदिने परम्पराले आज सरकार र न्याय नभएको आभास हुन्छ । समाजमा यसरी नै न्यायकर्मीबाट अराजकता फैलियो भने भोलि के होला रु त्यो चिन्ताको विषयम हो,यसबारे सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । बेलैमा नीति बनोस्, नीतिको कार्यन्वयन होस् नत्र समाज एकदिन द्धन्द्धमा फस्नेछ छाडापनको शुरुवात गर्ने दलालहरु श्रीलंकामा जस्तै लखेटिने छन् । सचेत हुन आजको आवश्यकता हो । सम्पुर्ण पत्रकार मित्रहरु इतिहास साक्षी छ तपाईहरु समाजको उज्यालो हो, समाज अन्धकारतिर मोडिएको छ । सचेत भइ समाजलाई उज्यालो तिर धकेल्न यो पेशाले महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । सचेत बनाऔं,राष्ट्र बचाउ ।

पत्रकारिता पेशामात्र नभइ समाजसेवा पनि हो
क्यामरा र कलम देख्दा सम्पुर्ण नीतिका पालक, हरेक प्रशासन खुशी हुदै काम गर्नुपर्ने अवस्थामा मिडियाकर्मीहरुसँग डराउँदा कानुनको नजिर नहेरी निर्णय गर्दा सर्वसाधारणले सास्ती भोगिरहेका छन् । नीति, प्रकृया र प्रमाण फरक कुरा हुन्, पत्रकार फरक, यो समाजमा भएको यस्ता स्टन्ट वाजी समयमै बन्द हुन आवश्यक छ । पत्रकार व्यक्तिमुखी र स्वार्थमुखी नभइ राष्ट्र प्रेमी हुनु आजको आवश्यकता हो । समाजको विकृति र विसङ्गतीको लागि चल्ने कलम आज व्यक्तिमुखी हुदां समाज अन्धकारको बाटोमा लागेको छ भने सर्वसाधारण उदासिन छन् ।

(गुरुङ्ग नेपाल तरुणदलका केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया