२३ भाद्र २०८१, आइतबार | September 8, 2024

एमाले, माओवादी र जसपाको कोटामा राजदूत सिफारिश


1.4k
Shares

काठमाडौं, ७ असार । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले भारत, अमेरिकालगायतका देशमा राजदूत सिफारिश गरेको छ । सबैभन्दा बढी एमालेको कोटाबाट ५ जना राजदूत सिफारिश भएका छन् ।

पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी एमालेको कोटाबाट भारतका लागि राजदूत सिफारिश भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको कृपा रेग्मीलाई पटक पटक पर्दै आएको छ । यसअघि उनी बेलायतका लागि राजदूत बनाइएका थिए ।

ओली प्रधानमन्त्री हुँदा रेग्मीले निकै सहयोगी भूमिका निभाएका थिए । भारतमा रेग्मीलाई पठाएर ओलीले आफ्नो बिग्रिएको सम्बन्ध बनाउन खोजेको विश्वस्त स्रोतले बताएको छ ।
मानवअधिकारवादीको परिचय बनाएका एमालेनिकट सुशील प्याकुरेल दक्षिण कोरियाका लागि राजदूत सिफारिश भएका छन् । प्याकुरेलको कनकमणि दिक्षितलगायत एउटा समूहका नाममा भारतविरोधी विज्ञप्तिहरु सार्वजनिक भइरहन्थे ।

एमालेको कोटाबाट चन्द्र घिमिरे अमेरिका, सुम्निमा तुलाधर डेनमार्कका लागि राजदूत सिफारिश भएका छन् ।

माओवादी कोटाबाट डा। विजय पन्त बेलायतका लागि राजदूत सिफारिश भएका छन् । यसैगरी पुष्पराज रन्जितकार स्पेन, नेत्रप्रसाद तिमल्सिना मलेशिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिश भएका छन् ।

प्रचण्ड नेतृत्वको सरकारले गत महिना काँग्रेस र जसपा नेपालको कोटाबाट राजदूत बनेकाहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया