रविले सहकारी ठगीमा मुछिएका जीबी राईलाई ल्याउने

काठमाडौं, ६ असार । सहकारी ठगी प्रकरणमा मुछिएर फरार भएका जीबी राई ल्याउने दाबी गृहमन्त्री रवि लामिछानेले गरेका छन् । उनले भरतपुर विमानस्थलमा पत्रकारको प्रश्नमा राई बसेको ठाउँ पत्ता लागिसकेको र नेपाल ल्याउने पहल सुरु भएको दाबी गरेका छन् ।
मलेशियामा जीबी राई रहेको सूचना प्राप्त भएको उनको भनाई थियो । मलेशियाका गृहमन्त्रीसँग लगातार सम्पर्क भइरहेको समेत बताए ।
जीबी राईसँग जोडिएपछि रवि लामिछाने पनि विवादमा छन् ।