७ आश्विन २०८१, सोमबार | September 24, 2024

गौतमको प्रश्न : कांग्रेस पदाधिकारीहरुको काम भातृ संस्था गठन र पुनर्गठनबाहेक अरु के छ ?


6.5k
Shares

काठमाडौं,५ असार । नेपाली कांग्रेसको भातृ संगठनहरुको पदावधी सकिन लागेको छ । आगामी असार १५ गते नेपाल महिला संघ,नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायतको पदावधी सकिन लागेको हो ।
कांग्रेसले भातृ संगठनहरुको म्याद थप्ने वा नथप्नेबारे निर्णय गर्न असार १४ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

तरुण दल केन्द्रीय सदस्य भीमकुमार गौतमले पार्टीका पदाधिकारीहरुको कामप्रति असन्तुष्टि जनाउँदै लेखेका छन्,“पार्टीका पदाधिकारीहरुको काम भातृ संस्था गठन र पुनर्गठन गर्ने मात्र छ कि अरु पनि छ ?” कांगे्रस पदाधिकारीहरु निर्वाचित भएपछि उनीहरुले पदमात्र ओगटेको तर पार्टीमा नयाँ सदस्य एक जना पनि भित्राउन नसकेको गौतमको भनाइ थियो ।

पछिल्लो समय पार्टी कमजोर हुँदै गएको यथार्थ बताउँदै युवा नेता गौतमले पछिल्लो निर्वाचनमा सभापति शेरबहादुर देउवाले अन्य दलसँग गठबन्धन गरेकै कारण कांग्रेस ठुलो पार्टी हुन सकेको दाबी गरे । र, पदाधिकारीहरु पार्टी भित्र भित्रै खेल्ने काम गरेको पनि उनको आशय थियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलन,नेपालीलाई जहानीय राणा शासन, एकतन्त्रीय पञ्चायती शासन हुँदै तात्कलिन राजा ज्ञानेन्द्रको प्रजातन्त्र हत्याउने कदम विरूद्ध समेत लडेर आएको नेपाल विद्यार्थी संघमा भने केही वर्ष यता विवाद चुलिदै आएको छ । संघको नियमित महाधिवेशन हुन सकेको छैन् । महाधिवेशन नहुँदा विद्यार्थीहरुले नेतृत्व छान्न पाउने हक गुमाएका छन् भने उनीहरुमा चरम असन्तुष्टि बढेको छ ।

सभापति देउवाले विद्यार्थी संघमा मात्र नभएर सम्पुर्ण संगठनका अध्यक्षहरु मनोनित गर्दै आएका छन् । मनोनित भएका अध्यक्षले आफ्नो ३ वर्षे कार्यकाल कार्यकर्ता मिलाउनमै बितेको देखिन्छ । झन् उनीहरुले मनोनित गरेका जिल्लादेखिका क्याम्पसहरुको अध्यक्षहरुमा पनि समस्या नै समस्या देखिएको छ । तर त्यसबारे केन्द्रले खासै चासो देखाएको छैन् । केन्द्रीय पदाधिकारीहरु मात्र संगठनहरुको म्याद थप्ने र भंग गर्नमै व्यस्त हुँदा इमान्दार कार्यकर्ताहरु निराश भएका छन् ।

प्रतिक्रिया