३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्ड उथलपुथल ल्याउँदै, ओलीको साथ छाड्ने


3.5k
Shares

काठमाडौं, ५ असार । प्रधानमन्त्री प्रचण्डले चाँडै अर्को उथलपुथल ल्याउने भएका छन् । सधै उथलपुथल ल्याउन खप्पिस उनले फेरि गठबन्धन फेर्न लागेका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग विभिन्न चरणमा नयाँ गठबन्धनका लागि छलफल गरेका हुन् ।

विश्वस्त स्रोतका अनुसार प्रचण्ड ओली र रवि लामिछाने दुवैको गतिविधिप्रति सतर्क बनेका हुन् । ओलीले लामिछानेलाई हदैसम्म संरक्षण दिएकोमा उनको आपत्ति छ ।

गिरिबन्धु टी स्टेटको जग्गा सम्बन्धी चलखेलमा फेरि क्याबिनेटबाट कानून परिमार्जनका लागि ओलीले दबाब दिएको बुझिएको छ । यसबाट प्रचण्ड झस्किएका छन् । राजदूत फिर्ता बोलाउन ओलीले दबाब दिएर लिएको निर्णय कार्यान्वयन गर्न पनि प्रचण्ड तयार छैनन् ।

बजेटका सम्बन्धमा ओलीनिकटहरुबाट असन्तुष्टि सुनिएको छ । यसले पनि गठबन्धनमा दरार पैदा भएको स्पष्ट छ ।

प्रचण्डले अब पुरानै गठबन्धन बनाउने र त्यसमा लेनदेन गर्ने तयारी गरेका छन् । उनी सकेसम्म अर्को ३ वर्ष सरकारको नेतृत्व चाहन्छन् । देउवा त्यसमा तयार भए प्रचण्डले काँग्रेससँगको गठबन्धन बनाउने बुझिएको छ ।

प्रतिक्रिया