४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

किरण सोनीले पूरा गरे साओमी मोबाइलको कन्ट्री मेनेजरको ४ वर्षे कार्यकाल


747
Shares

काठमाडौं, ४ असार । किरण सोनी साओमी मोबाइल कम्पनीका तर्फबाट नेपालका लागि आफ्टर सेल्स सर्भिसको कन्ट्री मेनेजर हुन् । उनको कार्यकालमा कम्पनीले निकै प्रगति गरेको छ । सोनीले हालैमात्र आफ्नो चार वर्षे कार्यकाल पूरा गरेका छन् ।

सन् २०२० देखि कार्यकाल सुरु गरेका सोनीले साओमी मोबाइलको आफ्टर सेल्स सर्भिसको सेवा गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान गरेका थिए । उनको योगदानले साओमी मोबाइलको व्यवसाय निकै फष्टायो नेपालमा ।

सोनीले देशका विभिन्न स्थानमा आफ्टर सेल्स सर्भिसको सेवा पुर्याउन सोनीले सर्भिस सेन्टरहरु खोल्न समेत अग्रणी भूमिका निर्वाह गरे । यसले पनि उनको प्रभावकारिता बढाएको छ ।
नेपाली बजारमा सेल्सका आधारमा साओमी नम्बर वन मोबाइल ब्रान्ड हो । मोबाइल प्रयोगकर्ताहरुमाझ यसका मिडिल रेन्जका मोबाइलहरु लोकप्रिय मानिन्छन् । नेपालमा साओमी मोबाइलप्रति आकर्षण झन् बढेको छ ।

प्रतिक्रिया