२३ भाद्र २०८१, आइतबार | September 8, 2024

विश्वकप क्रिकेटमा नेपालको गर्विलो प्रदर्शन


1.7k
Shares

काठमाडौं, ३ जेठ । विना जित विश्वकप क्रिकेटको पहिलो चरणमै आउट भएपनि नेपाली टोलीले गर्विलो प्रदर्शन गरेको छ । नेपालले क्रिकेटमा बलियो टोली दक्षिण अफ्रिका र बँगलादेशविरुद्ध सशक्त प्रदर्शन गरेको छ ।

दक्षिण अफ्रिकासँग त जितिसकेको खेल अन्तिममा हार्न पुग्यो । बँगलादेश पनि हार्ने अवस्थामा पुग्दा ब्याटिङमा चुक्यो ।

नेपालले नेदरल्याण्डससँग पनि कडा प्रतिष्पर्धाबीच हारेको हो । श्रीलंकासँग वर्षाले प्रभावित खेल बराबरी मानियो ।

दक्षिण अफ्रिका र बँगलादेशविरुद्धको प्रदर्शनले नेपाली टोलीको विश्वभर प्रशंशा भएको छ । विदेशी मिडियाले समेत नेपाली टोलीलाई साहसी भनेका छन् ।

बँगलादेशविरुद्ध १७ बलमा २३ रन बनाउनुपर्ने अवस्थामा नेपाली विकेट टिक्न सकेन । जसका कारण हार व्यहोर्नुपर्यो ।

अन्तिम अवस्थामा पुगेर नेपाल सम्हालिन नसकेको देखिएको छ यो विश्वकपमा । रणनीतिक रुपमा पनि कमी कमजोरी देखिए । यद्यपि नेपाली टोली अब साहसी र बलियो रहेको प्रमाणित भएको छ ।

यसपटकको विश्वकपमा अमेरिकाको भीसा नपाएर सन्दीप लामिछानेले सुरुको दुई म्याच खेल्न पाएनन् । नेदरल्याण्डविरुद्ध सन्दीप खेल्न पाएको भए नतिजा फरक हुनसक्थ्यो भन्ने बाँकी प्रदर्शनबाट प्रमाणित भएको छ ।

सन्दीपले दक्षिण अफ्रिका र बँगलादेशविरुद्ध लोभलाग्दो प्रदर्शन गरे । उनले आफ्नो प्रदर्शनबाट आलोचकलाई पनि चुप लगाइदिए ।

प्रतिक्रिया