७ आश्विन २०८१, सोमबार | September 24, 2024

उत्तेजना र हल्लाले अन्तराष्ट्रिय सम्बन्ध विग्रियो,मर्यादित कुटनीति अपनाउन सुझाव


3.5k
Shares

काठमाडौं,१ असार । परराष्ट्र मामिला एवं सिमा सुरक्षाका सवालमा सालिन र मर्यादित कुटनीति अपनाउनु पर्नेमा उत्तेजना र हल्लाको माध्यमवाट वातावरण विगार्ने प्रवृत्ति हावि भएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौमा भएको जय नेपाल फउण्डेसनको वैचारिक बहसमा सहभागि परराष्ट्र मामिलाका विज्ञ तथा जानकारहरुले यस्तो चिन्ता प्रकट गरेका हुन । कार्यक्रममा अन्तराष्टिय सम्बन्ध तथा सुरक्षा विज्ञ गेजा शर्मा वाग्लेले भारत र चीन दुवै छिमेकिसँग नेपालको सिमा विवाद रहेको उल्लेख गर्दै आन्तरिक गृहकार्य, उच्च तहको भेटवार्ता र नेगोसियसन स्किलका आधारमा यसको समाधान खोज्नुपर्ने वताउनुभयो ।

परराष्ट्रविद् डा इन्द्रा अधिकारीले राष्टिय स्वाभिमानको रक्षाकालागि राष्ट्रवादी होइन राष्ट्रप्रेमी बन्नुपर्नेमा जोडदिदै विवाद समाधानका लागि हल्ला भन्दा साइलेन्स कुटनीति अवलम्वन गर्नुपर्ने उल्लेख गर्नुभयो । छिमेकिलाइ कन्भिन्स गर्न छोडेर देखाइदिन्छु भन्ने प्रवृतिले सिमा विवाद समाधान हुनुुको सट्टा झन वातावरण विगार्ने काम भएकोमा अधिकारीले चिन्ता व्यक्त गर्नुभयो ।

यस्तै विश्लेषक डा शुरेश आचार्यले इजमले भन्दा पनि व्यक्तिको स्किलले डिप्लोमेसीमा राम्रो गरेको इतिहास रहेको वताउदै स्टण्डवाज र शक्ताकालागि वार्गेनिड गर्ने नेतावाट राष्ट्रिय स्वाभिमानको रक्षा हुनै नसक्ने उल्लेख गर्नुभयो । कुटनीतिमा व्युरोक्र्याटको क्षमता र लिडरको भिजन दुवै कमजोर देखिएको आचार्यको तर्क थियो ।

यसैगरी राजनीतिशास्त्रका प्राध्यापक मनोहर पराजुलीले अन्तराष्ट्रिय सम्बन्ध भावनाले भन्दापनि राष्टिय स्वर्थ र आवश्यकताका आधारमा अघि वढ्ने बिषय रहेको उल्लेख गर्नुभयो । कालापानी लगायतका विवादित नेपाली भुमी फिर्ता लिन प्रयत्न गर्ने तर सम्भव नभए गुड डिलका माध्यमवाट साटफेट गर्ने मोडालिटिमा समेत जानसक्नुपर्ने पराजुलिले वताउनुभयो । नेपालको लोकतान्त्रिक आन्दोलनलाइ एन्टि नेशनल मुभमेण्टका रुपमा व्याख्या गर्ने र एष्टि इण्डियन हुनु भनेको राष्टवादी हुनु हो भन्ने गलत भाष्यलाइ चिर्नसक्नुपर्ने पराजुलिको भनाइ थियो । कार्यक्रममा पुर्व सांसद शोभाकर पराजुलीले अहिलेको नेतृत्ववाट धेरै आशा गर्ने ठाउँ नदेखिएको भन्दै आशा जगाउने उपायको खाजि गर्नुपर्ने वताउनुभयो ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्रि केदार कार्कीले बिचार र व्यवहारबिच तालमेल मिल्न नसक्दा समस्या उत्पन्न भएको वताउदै सत्यकुरा भन्दा पनि भाइरल हुन वोल्ने प्रवृत्ति घातक रहेको वताउनुभयो । मनलागि राजदुत फिर्ता वोलाउने सरकारको निर्णय र परराष्ट्र नीतिका बिषयमा संघीय संसदमा वहसै नहुनु दुखद् रहेको वताउदै कार्कीले जुलुस र इमोसनको पछि होइन सत्य र इमान्दारीताको पक्षमा लाग्न सुझाव दिनुभयो ।

यसैगरी युवा विश्लेषक डा सुदन ओलीले आर्टिफिसियल इन्टिलिजेन्सको जमानामा फरेन पोलिसिलाइ कसरी संचालन गर्ने भन्ने चुनौति खडा भएको उल्लेख गर्दै विज्ञको सुझाव नेताहरुले लिने परम्परा नभएकोमा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा अधिवक्ता रुद्र कन्दङवा अर्थशास्त्री भावुक राज न्यौपाने,कांग्रेस नेता वंशलाल तामाड, हरी आचार्य,श्रीराम अधिकारी लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । वहसमा युवा नेताहरु निर्मल श्रेष्ठ,मुकुन्द भण्डारी,ऋषा श्रेष्ठ,गिता फुयाल र उज्ज्वल राज घिमिरे समेतको सहभागिता रहेको थियो ।

जय नेपाल फाउण्डेसनले ’जनतामा निराशा र हाम्रो कार्यदिशा’ को सन्दर्भमा वहस गरीे आधारपत्र तयार गर्न बिगत तीन महिना देखि हरेक सुक्रवार विभिन्न बिषयमा वैचारिक वहस संचालन गर्दै आइरहेको सस्थापक सदस्य बिजुला वर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया