३ आश्विन २०८१, बिहिबार | September 19, 2024

शक्तिशाली नेताको आँडमा सहकारीमा खरबौं ठगी


664
Shares

काठमाडौं, ३२ जेठ । सहकारीबारे सर्वसाधारणलाई अबुझ बनाएर खर्बभन्दा बढी ठगी भएको छ । सामान्य आयआर्जन गरेर रकम जम्मा गर्नेहरु अहिले रुवाबासी गरिरहेका छन् सहकारी ठगहरुका कारण ।

सहकारी ठगहरु कोही विदेश भागेका छन् त कोही जेलमा बसेर सर्वसाधारणको रकम पचाउने रणनीतिमा छन् ।

देशमा सहकारी ठगेर फरार भएकामा जीबी राई र भरत महर्जन पनि हुन् । दुवैले अरबौं ठगी गरेका छन् ।

जीबी राईले ४ वटा सहकारी ठगेको खुलिसकेको छ । उनी वर्तमान गृहमन्त्री रवि लामिछाने निकट हुन् ।

रविन्द्र चौलागाईले देउराली सहकारीको अरबौं ठगी गरेका छन् । उनी अहिले जेलमा छन् । जेलमा बसेर रकम पचाउने दाउमा छन् ।

केदार शर्मा, सुधिर बस्नेत र इच्छाराज तामाङ ४ वटा सहकारी ठगी प्रकरणमा मुछिएका छन् । बस्नेत जेलबाट छुटे । तामाङ जेलमै छन् ।

सहकारी ठगीमा मुछिएकामा देवकुमार नेपाली विन्देश्वर श्रेष्ठ, सीबी लामा र हिमालय विक्रम मल्ल ठकुरी पनि हुन् । उनीहरुले आधा खर्बभन्दा बढी ठगी गरेका छन् ।

अन्य सहकारी ठगी गर्नेहरु पनि सयौंको संख्यामा छन् । उनीहरुले बचतकर्ताको खरबौं रकम ठगेका छन् ।

सहकारी ठगी गर्नेहरु राजनीतिक दलसँग जोडिएकाहरु हुन् । कतिपय नेताले नै सहकारी चलाएका छन् आफ्ना मान्छे खटाएर ।

सहकारीमा कार्यकर्ता भर्ती गर्ने र जनताको रकम दुरुपयोग गर्ने सिलसिला नै चल्यो । तर, सत्ताको आँडमा उनीहरुमाथि नियमन नै भएन । जसका कारण जनताको खरबौं रकम डुब्यो । अहिले सर्वसाधारणसँग रकम नै नभएर बजारमा पैसा नै देखिएको छैन ।

प्रतिक्रिया