अजित दोभालको राष्ट्रिय सुरक्षा सल्लाहकारमा ह्याट्रिक

एजेन्सी, ३१ जेठ । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकारमा अजित दोभालले ह्याट्रिक गरेका छन् । उनलाई बिहिबार बसेको भारतको मन्त्रिपरिषद्को बैठकले उक्त पदमा नियुक्ति दिएको हो ।
दोभाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकाल जति रहन्छ उति समय नै उक्त पदमा रहनेछन् । उनको पद मन्त्रीस्तरको रहेको समेत जनाइएको छ ।
दोभाल मोदीका विश्वासपात्र हुन् । उनी सन् २०१४ यता भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार छन् ।