५ आश्विन २०८१, शनिबार | September 21, 2024

विश्वकप छनोट खेलमा यमनसँग जितबाट चुक्यो नेपाल


1.9k
Shares

काठमाडौं, ३० जेठ । विश्वकप छनोटको दोस्रो चरणमा नेपाल गोलरहित हुनबाट जोगिएको छ । साउदी अरबमा भएको यमनसँगको खेलमा नेपालले २ गोलमात्र गरेन जित्नै लागेको खेल गुमायो ।

एक गोलले पछि परेको अवस्था उल्टाउँदै नेपालले लगातार २ गोल गरी जित नजिक पुग्यो । तर, इन्जुरी समयमा गोल खाँदा बराबरीमा टुंगियो ।

समूह एचमा रहेको नेपालले २० गोल खाँदा २ गोल गरेको छ । नेपालको समूहमा युएई र बहराइनसमेत छन् ।

यमनसँगको खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले एक सय खेल पूरा गरेका छन् । उनले एक सय नम्बरको जर्सी पनि पाए ।

प्रतिक्रिया