प्रचण्ड-मोदीबीच टेलिफोन कुराकानी

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । एनडीए गठबन्धनले बहुमत हासिल गरेकोमा प्रचण्डले बधाई दिएका हुन् ।
बुधबार साँझ दुई नेताबीच टेलिफोनमा छोटो कुराकानी समेत भएको छ । मोदीले प्रचण्डसँग कुराकानी भएकोमा खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।
दुई नेताबीच आगामी दिनमा अझ सम्बन्ध सुदृढ बनाउँदै बढ्ने विषयमा पनि कुराकानी भएको बुझिएको छ ।