७ आश्विन २०८१, सोमबार | September 24, 2024

किसानको समस्या बोकेर आएका सांसदको समस्या राज्यले सुन्दैन् : रुपा विक (भिडियोसहित)


332
Shares

काठमाडौं,२३ जेठ । नेपाली कांग्रेसकी सांसद रुपा विकले किसानहरुले भिजाएको बिउ संसद भवनबाहिर बाटोमा फ्याक्ने परिस्थिति बन्दै गएको टिप्पणी गरेकी छिन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै विकले किसानको समस्याबारे कडा रुपमा सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

“नेपालको तराई क्षेत्र अन्न भण्डार भनेर चिनिन्छ,तराईको खाद्यान्नले देश चलेको छ । अहिले किसानले भाडोमा भिजाएर राखेको बिउ फेरी त्यही भाडामा नै रोप्नु पर्ने हो की, संसद भवनबाहिर बाटोमा फ्याक्ने परिस्थिति बन्दै गएको छ ।”–उनले भनिन्,“यो परिस्थिति रोक्नका लागि सभामुख मार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।”

कांग्रेस केन्द्रीय सदस्य समेत सांसद विकले कृषि पेशा र किसान नेपालको आधार हो भन्दै अहिले खेती लगाउने सिजन सुरु भइसक्दा पनि किसानको हातमा मल, सिंचाई,प्राविधिक र उन्नत जातको बिउ बिजन नभएको समेत बताइन् ।

सरकारले किसानका समस्यामा ध्यान नदिएको आक्रोस पोख्दै उनले भनिन्,“सिचांइको व्यवस्था नभएकोले किसानहरुले बिउ भिजाएर भाडामा राखेका छन् । सरकार मौन छ,किसानहरु आफ्ना क्षेत्रका सांसदहरुले के ल्याउनु हुन्छ भनेर चिहाइरहेका छन् । सांसदहरु हामी यहाँ बोल्छौं,राज्यले सुन्दैन् । राज्य कहाँ छ सभामुख महोदय ?”

भिडियो हेर्नुहोस् ।

 

 

प्रतिक्रिया