बलिउड नायिका कंगना रनौटले चुनाव जितिन्

एजेन्सी, २२ जेठ । भारतमा भएको लोकसभा चुनावमा बलिउड नायिका कंगना रनौट विजयी भएकी छिन् । भारतीय जनता पार्टीकी उम्मेदवार रनौट हिमाञ्चलबाट विजयी भएकी हुन् ।
रनौटले कँग्रेस आईका विक्रमादित्य सिंहलाई ७० हजारभन्दा बढी मतान्तरले पराजित गरेकी हुन् । रनौट कडा अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन् ।