१९ आश्विन २०८१, शनिबार | October 5, 2024

माछा मारिरहँदा चट्टानबाट चिप्लिएर अष्ट्रेलियामा ज्यान गुमाउने दुई नेपाली को को


4.8k
Shares

एजेन्सी, १६ जेठ । अष्ट्रेलियाको सिड्नीस्थित माछा मार्नका लागि कहलिएको ठाउँमा दुई नेपालीको मृत्यु भएको छ । उनीहरु सोमबार स्थानीय समयअनुसार अपरान्ह माछा मारिरहेका थिए । माछा मार्ने क्रममा ढङ्गाबाट चिप्लिएर दुवैको मृत्यु भएको छ ।

२५ र २२ वर्षका युवकहरु समुन्द्रमा खसेका थिए । उनीहरु गहिरो समुन्द्रमा डुबेका थिए । लाइफ ज्याकेट नलगाएकाले उत्रन सकेनन् ।

समुन्द्रमा खसेका युवकहरुको उद्धारको प्रयास भएपनि बाहिर निकालेपछि मृत घोषित गरिएको थियो । मृत्कहरुमध्ये एकजना काठमाडौंको मण्डिखाटार घर भएका हुन् । मगर थरका ती युवकका पिता जेलमा छन् ।

प्रतिक्रिया