१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सिमल्टार–कुवादी जोड्ने खुदी खोलाको कटुन्जे रहमा पक्की पुलको शिलान्यास


9.9k
Shares

काठमाडौं,१४ जेठ । तनहुँको बन्दीपुर–२ स्थित बन्दीपुर–धारापानी–सिमल्टार–कुवादी–कुर्कदी मोटरमार्ग जोड्ने  खुदी खोला कटुन्जे रहमा पुल निर्माण हुने भएको छ । सोमबार एक कार्यक्रमका बीच खुदी खोला माथि बन्न लागेको पुलको नेकपा माओवादीका नेता एंव गण्डकी प्रदेशका अर्थमन्त्री हरिबहादुर चुमनले पुलको शिलान्यास गरेका हुन् ।

सो पुलको लम्बाई २५ मिटर हुनेछ ।  खुदी खोलाको कटुन्जे रहमा पुल नहुँदा स्थानीय बासीले बर्षेनी समस्या भोग्दै आएका थिए । पुल निर्माण हुने भएसँगै स्थानीयहरु उत्साहित बनेका छन् । पुल निर्माणले सिमल्टार,कुवादी,आर्थुम्कालगायतकै विकास र समृद्धिमा टेवा पुग्ने युवा नेता रोजन बानियाँले बताए ।

पुल निर्माण गर्न वडा नम्बर २ का वडाध्यक्ष शुशिल कुवँर,सदस्य कृष्ण घर्ति लगायतले विशेष पहल गरेका थिए । पुल निर्माणको जिम्मा एम एस तामाकोसी–सुरु जेभी कागेश्वरी मनहराले पाएको छ । यो २०८० चैत्र १६ गते भएको सम्झौता हो । आगामी २०८२ भदौ ११ गते निर्माण सम्पन्न हुने गरी कन्स्ट्रक्सनले २ वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको छ । मुल्यअभिवृद्धि करसहित ७ करोड ४६ लाख १० हजार ५ सय २० मा ठेक्का सम्झौता भएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले पुल लगायतका कार्यमा सर्वे गराउन परेमा पूर्वाधार विकास कार्यालयले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता गरे ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया