२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

अमेरिकाको नेपालमा यस्ता स्वार्थ


249
Shares

काठमाडौं, १० जेठ । नेपालमा अमेरिकाले आफ्नै स्वार्थहरु सतहमै देखाउन थालेको छ । उसले पछिल्लो समय निकालेका केही विज्ञप्ति र लिएका निर्णहरुले अमेरिकाप्रति सरकार र नेपाली जनताको धारणा सतर्क हुने खालको बनेको छ ।

अमेरिकाले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भीसा नै दिएन । टी ट्वेन्टी विश्वकप क्रिकेटको आयोजक देश अमेरिकाले सन्दीपलाई रोकेपछि असन्तुष्टि सामाजिक सञ्जालमा क्रिकेट फ्यानहरुले देखाइरहेका छन् ।

अदालतले बलात्कार मुद्दामा निर्दोष ठहर गरिसकेको व्यक्तिलाई रोकेर अमेरिकाले अनुदान दिएर चलेका केही नेपाली एनजीओहरुको कुरा सुनेको विश्लेषण हुन थालेको छ । त्यस्ता एनजीओसम्वद्ध व्यक्तिहरु खुलेरै सन्दीपलाई रोक्न लागेका थिए ।

हालैमात्र अमेरिकाले समलिङ्गिको लागि काम गर्ने भन्दै अनुदान दिने घोषणा गरेको छ । त्यसका लागि संस्थाहरुले आवेदन दिनसक्ने भन्दै सूचना नै निकालेको छ गत हप्ता । समलिङ्गि विवाह दर्ता गराउन अमेरिकी राजदूतावाले लबिङ नै गरेको खुलिसकेको छ । केही पालिकाले अस्थायी दर्ता सुरु गरेपछि अमेरिकी दूतावासले खुशियाली नै मनाएर विज्ञप्ति जारी गरेको थियो ।

कैलाश सिरोहिया पक्राउको विषयमा पनि अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गरेको छ । उसले सिरोहियाको नाम नलिएपनि प्रेस स्वतन्त्रताको विषय उठाएको छ । सिरोहियाको नागरिकतामा कैफियत देखिएको भन्दै अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेपछि तरंग नै आएको छ । यसमा अमेरिका बोल्नुलाई अर्थपूर्ण मानिएको छ ।

यसैगरी, नेपालका कतिपय मिडिया, मिडिया सम्बन्धि संस्थाले अमेरिका र यूरोपेली युनीयनबाट खुलेआम अनुदान लिएको विषय बाहिर आएको छ । यसबाट मिडियामा विदेशी लगानीको विषय जोडतोडले उठ्न थालेको छ ।

प्रतिक्रिया