३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रचण्डको ठाडो निर्देशनपछि टेलिकम प्रबन्ध निर्देशक नियुक्तिसम्बन्धी प्रस्तावित कार्यविधि क्याबिनेटमा अस्वीकृत, रेखा र संगितालाई धक्का


913
Shares

काठमाडौं, ८ जेठ । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिसम्बन्धी प्रस्तावित नयाँ कार्यविधि क्याबिनेटबाट अस्वीकृत भएको छ । प्रस्तावित कार्यविधिमा सञ्चारमन्त्री रेखा शर्माले आफ्नो चाहना बमोजिमको व्यक्तिलाई नियुक्ति दिलाउन विभिन्न विवादास्पद बुँदा राखेकी थिइन् । जसमा उमेरहद ५६ बाट बढाएर ५८ वर्ष, प्रबन्धकका रुपमा कम्तिमा ३ वर्ष काम गरेकोलगायत बुँदा थिए । त्यसमा प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार दलका अन्य मन्त्री नै असन्तुष्ट भएपछि क्याबिनेटबाट अस्वीकृत भएको हो ।

विश्वस्त स्रोतका अनुसार क्याबिनेटमा पुगेको कार्यविधिको प्रस्तावमा प्रश्न उठेको थियो । त्यसपछि कार्यविधि अस्वीकृत भएपछि सञ्चारमन्त्री रेखा शर्मा र टेलिकमकी निमित्त प्रबन्ध निर्देशक संगिता पहाडीलाई धक्का लागेको छ ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी र डिल्ली अधिकारीमात्र योग्य हुने गरी कार्यविधि बनाउन मन्त्री शर्माको लामो चलखेल विफल भएपछि नयाँ घटना विकास भएको छ । कार्यविधि बनाउन उनका पति माओवादी नेता कृष्णध्वज खड्का पनि भित्र भित्र लागेका थिए । तर, उनीहरुको योजनामा धक्का लागेको छ अहिले ।

प्रस्तावित कार्यविधिले नियुक्तिको विधिलाई निकै साँघुरो बनाएर प्रतिष्पर्धीविहिन हुने भन्दै क्याबिनेटमा केही मन्त्रीहरुले पनि असन्तुष्टि जनाएको विश्वस्त स्रोतले बताएको छ । प्रधानमन्त्र िप्रचण्डले पनि टेलिकमको प्रबन्ध निर्देशकको नियुक्तिको दायरलाई समावेशी र फराकिलो बनाउन निर्देशन दिदै प्रस्ताव नै फर्काइदिएको बुझिएको छ ।

टेलिकमका आर्थिक र रणनीतिक महत्वका कतिपय ठेक्का निकाल्दा मन्त्री शर्मालाई समेत खुशी पार्न सकेकाले संगिता पहाडीले सजिलै प्रबन्ध निर्देशकको पद पाउने चर्चा थियो । तर, उनको हितमा हुनेगरी कार्यविधि प्रस्ताव गरिएकोमा असफल भएपछि धक्का लागेको छ ।

पहाडीले विशेषगरी टेलिकमको विलिङसम्बन्धी ठेक्कामा शक्ति केन्द्रहरुलाई लालच देखाउन सकेकी थिइन् । चीनको हुवावेलाई नै विलिङको ठेक्का दिलाउने गरी प्रिक्वालिफिकेशनमा एउटा मात्र कम्पनी छनोट हुने अवस्था बनाउन खोजेकी छिन् । चीनबाहेकको कम्पनीलाई प्रिक्वालिफिकेशनमा नै नपार्ने गरी योजना बुनिएको थियो । यसमा सञ्चार मन्त्री रेखा शर्माको पनि स्वार्थ देखिन्छ । स्वार्थ मिलेपछि शर्माले पहाडीलाई नै नियुक्ति दिलाउने गरी कदम चालेकोमा असफल हुने देखिएको छ ।

विलिङको ठेक्का बढाउँदा नै संगिता पहाडीले प्रधानमन्त्री प्रचण्डका निकटस्थ, सञ्चारमन्त्री रेखा शर्मा र उच्च कर्मचारीलाई व्यवस्थापन गर्न मान्छे नै खटाइन् । उनका पति विश्वबन्धु पहाडी र मन्त्रीका पति कृष्णध्वज खड्का भित्र भित्र खटिए । संगिता खड्काको त मुम्बईमा पुगेर व्यवसायिक सेटिङको भटघाटको तस्बिर समेत बाहिरिएको छ । यसरी मन्त्री देखि उच्च कर्मचारी सम्मलाई रिझाउन लागिपरिन् संगिता । तर, उनले सफलता हासिल गर्न नसकेपछि नयाँ घटनाक्रम विकास भएको छ ।

प्रतिक्रिया