बन्दीपुर–२ मा पौडी खेल्दा २ जनाको मृत्यु

तनहुँ,५ जेठ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुनौले रहमा डुबेर २ जना विद्यार्थीको मृत्यु भएको छ ।
बन्दीपुर वडा नम्बर ५ तिलाहार र भांगे घर भई बन्दीपुर बजारमा डेरा गरी बस्ने द्धय किशोरहरु साथीहरुसँग पौडी खेल्न बेसी झरेका थिए ।
रहमा डुबेर बिनोद गुरुङ र पुरन गुरुङको मृत्यु भएको अस्पतालले जनाएको छ ।