कांग्रेस सांसद जुबेदा खातुजले गरे हज यात्रीहरुको बिदाइ

काठमाडौं,५ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य जुबेदा खातुजले साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको एउटा समूहलाई आज बिदाइ गरेका छन् ।
खातुजले शनिबार हजयात्रीहरुलाई त्रिभुवन विमानस्थलमा पुगेर हज यात्राका लागि बिदाइ गरेका हुन् ।
हिजरी संवत् १४४५ को हजका पहिलो चरणमा १४९ हजयात्री र १ जना हज प्रतिनिधिमण्डल सदस्य गरी जम्मा १५० जना अरब प्रस्थान गरेका थिए ।
यस वर्ष जम्मा ७६४ जना हजयात्री अरब जाने गृहमन्त्रालयले जनाएको छ ।