५ आश्विन २०८१, शनिबार | September 21, 2024

रविलाई जोगाउन किन मरिमेटे ओली


747
Shares

काठमाडौं, ३ जेठ । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाऊमा सबैभन्दा मरिमेटेर लागेका छन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । उनले संसदीय छानविन समिति गठन गर्न काँग्रेसको मागको पनि विरोध गर्दै आएका छन् ।

ओली काँग्रेसप्रति आक्रामक बन्दै गएका छन् । सहकारी ठगी प्रकरणमा रविलाई जोगाउनु सत्ताको अंकगणितको जोडघटाउ मात्र कारण होइन । यो प्रकरणमा सबैभन्दा बढी एमाले नेता कार्यकर्ता जोडिएका छन् ।

सहकारीमा सबैभन्दा ठूलो प्रभाव एमाले कार्यकर्ताको छ । ठगीमा पनि उनीहरु बढी मुछिएका छन् । त्यसैले यो प्रकरणलाई सामसुम पार्न खोजिरहेका छन् ओली ।

अर्कोतर्फ, ओली आफै गिरिबन्धु टी स्टेटको जग्गा साटफेट प्रकरणमा मुछिएका छन् । उनी प्रधानमन्त्री हुँदा क्याबिनेटबाट निर्णय गराइएको थियो जग्गा । तर, सर्वोच्च अदालतको फैसलाले जग्गा साटफेटलाई गैरकानूनी ठहर गरिदिएको छ ।

देशमा महत्वपूर्ण जग्गा भाडा प्रकरणमा पनि ओली मुछिएका छन् । विशेषगरी यती ग्रुपलगायतले लिएको जग्गा भाडा ओलीको पालामा नै क्याबिनेटबाट निर्णय गराइएको थियो ।
ओलीका पालामा भएका कतिपय विवादास्पद निर्णयका कारण विरोध भइरहेको छ । यसको सामना गर्न उनलाई मुश्किल परिरहेको छ ।

प्रतिक्रिया