१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कमलपोखरी माँसेर बनाइएको छायाँ कम्प्लेक्समा संयुक्तराष्ट्रसंघको पनि चासो, सर्वोच्चबाट भत्काउने फैसला चाँडै आउने


13.4k
Shares

काठमाडौं, २ जेठ । ऐतिहासिक कमलपोखरी माँसेर निर्माण गरिएको छायाँ सेन्टरबारे संयुक्तराष्ट्रसंघले गम्भीर चासो देखाएको छ । राष्ट्रसंघको मानवअधिकारसम्बन्धी उच्च आयुक्तको कार्यालय जेनेभाले मंगलबार विज्ञप्ति जारी गरी छायाँ सेन्टर ऐतिहासिक पोखरी माँसेर निर्माण गरिएको र त्यसको विरोधमा आवाज उठाउने अभियन्ताहरुको सुरक्षा खतराप्रति चिन्ता व्यक्त गरेको हो ।

राष्ट्रसंघको विज्ञप्ति (विज्ञप्ति हेर्न यहाँ क्लिक गर्नुहोस्) मा ठमेलको छायाँ सेन्टरको निर्माणले ऐतिहासिक कमलपोखरी र आदिवासी प्रधान नेवार समुदायको दैनिक संस्कार र सांस्कृतिक अभ्यासलाई ध्वस्त पार्न खोजेको र त्यसलाई पुर्नजिवित गर्न भागवत नरसिंह प्रधानले अभियान चलाएकोमा उनीमाथि धम्की र सुरक्षा खतरा पुर्याउन क्रियाकलाप भएकोमा आपत्ति जनाएको छ ।

लिच्छविकालीन पोखरीलाई पुर्नजिवित गर्न लागेका प्रधानले धम्की, घरमा पुगेर छायाँ सेन्टरका ट्रेड युनीयनका नेताहरु पुगेर धम्क्याउन खोजेको विषय पनि विज्ञप्तिमा उल्लेख छ । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले प्रधानलगायत अभियन्तालाई धम्की दिनुलाई उनको सुरक्षामा खतरा देखिएको समेत भनिएको छ ।

अमेरिकी कम्पनी मेरियट इन्टरनेशनल होटल पनि छायाँ सेन्टरमा रहेकाले सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म होटलका सम्पूर्ण गतिविधि रोक्न पनि राष्ट्रसंघले सुझाव दिएको छ । उक्त होटललाई अभियन्ताहरुको सुरक्षामा खतरा पुर्याउने छायाँ सेन्टरको गतिविधिमा प्रयोग नहुन पनि भनिएको छ ।

सर्वोच्च अदालतले कमलपोखरीको २६ रोपनी भन्दा बढी जग्गा खोज्न आदेश दिएसँगै छायाँ सेन्टरबारे राष्ट्रिय अन्तर्राष्ट्रिय चासो बढेको छ ।

विश्वस्त स्रोतका अनुसार छायाँ कम्प्लेक्स भत्काउने ऐतिहासिक आदेश सर्वोच्च अदालतले चाँडै दिने भएको छ । आदेश रोक्न अनेकन चलखेल भएपनि सर्वोच्च अदालतको नेतृत्व डगमग नभएको बुझिएको छ ।

ऐतिहासिक कमलपोखरी नामेट पारी ठडिएको छायाँ कम्प्लेक्समा संलग्न हाइप्रोफाइल राणा, मल्ल र पाँडेहरु (नाम र लगानी रकमसहित)

कमलपोखरी माँसेर छायाँ सेन्टर बनाउने गिरोहको रविको दलमा घूसपैठ, सीआइबीले पक्राउ गर्न लाग्दा अर्कै खेल

छायाँ सेन्टर भत्कने ! अदालतले दियो यस्तो आदेश

ठमेलको कमलपोखरी माँसेर बनाइएको छायाँ सेन्टरविरुद्धको मुद्दामा महत्वपूर्ण आदेश आउने

कमलपोखरी माँसेर छायाँ सेन्टर बनाउन पृथ्वी पाण्डे र रामशरण महतको यस्तो रहेछ साँठगाँठ

ललितानिवासपछि छायाँ सेन्टर र हरिसिद्धिको पालो

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया