१२ श्रावण २०८१, शनिबार | July 27, 2024

ललितानिवासपछि छायाँ सेन्टर र हरिसिद्धिको पालो


February 16, 2024
8.6k
Shares

काठमाडौं, ४ फागुन । ललिता निवास परिसरको बालुवाटास्थित जग्गा सरकारी कायम हुने गरी विशेष अदालतले फैसला गरेपछि भूमाफियाहरु आतंकित भएका छन् । अब अदालतमा विचाराधीन कतिपय सरकारी जग्गाबारे फैसला आउने अपेक्षा गरिएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गाबारे अनुसन्धान बढिसकेको छ । यो विषय पनि अदालतमा जानेछ ।

ठमेलस्थित छायाँ सेन्टर बनाइएको १२ रोपनी जग्गाबारे पनि अदालतमा मुद्दा विचाराधीन छ । यसको सुनुवाई बढिसकेको छ । ऐतिहासिक पोखरी रहेको प्रमाण फेला परेकाले छायाँ सेन्टर बनाउनेहरु विवादमा परेका छन् । यो प्रकरणमा अदालतले भूमाफियाको पक्षमा फैसला गर्ने कुनै आधार नरहेपछि मुद्दाको सुनुवाई धकेल्ने चलखेल हुँदै आएको छ ।

हरिसिद्धिको ४२० रोपनी जग्गा ऐन विपरित हडपेर बेच्ने लक्ष्मीबहादुर श्रेष्ठले हडप्ने र विक्री गर्ने गरेको विषय पनि अदालतमा विचाराधीछ । यसबारे पनि अब चाँडै फैसला आउने अपेक्षा गरिएको छ । बैंकका सञ्चालकहरुसँगको मिलेमतोमा ऋण लिदै लिलामी निकाल्दै जग्गा हडपिएको छ । यो प्रकरणमा विभिन्न बैंकका सञ्चालकहरु पनि मुछिएका छन् । किसानको ४२० रोपनी जग्गा ईट्टा टायल कारखाना चलाउनबाहेकमा प्रयोग गर्न मिल्दैन । तर, धमाधम जग्गाहरु विक्री भएका छन् । उक्त जग्गा खरिद गर्नेहरु पनि फस्ने भएका छन् ।

नक्कली कागजात खडा गरी कैलालीको टीकापुरमा ७ बिघा सार्वजनिक जग्गा हडप्ने २४९ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । जसमा तत्कालीन टीकापुर नगर विकास समितिका पदाधिकारी समेत छन् । ऐतिहासिक कमलपोखरीको ठमेलस्थित जग्गा हडपेर छायाँ सेन्टर खोल्ने समूह नै समस्यामा परेका छन् । उक्त स्थानमा कमलपोखरी थियो भन्ने तथ्य फेला परिसकेको छ । यो मुद्दा अदालतमा सुनुवाईका क्रममा छ । मुद्दा नजित्ने निश्चित भएपछि पृथ्वीबहादुर पाण्डे शक्तिकेन्द्रमा हारगुहार गर्दै हिंडेका छन् । तर, जग्गा प्रकरणले एकपछि अर्को गरी धेरैलाई तान्दै लगेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया