१२ श्रावण २०८१, शनिबार | July 27, 2024

ठमेलको कमलपोखरी माँसेर बनाइएको छायाँ सेन्टरविरुद्धको मुद्दामा महत्वपूर्ण आदेश आउने


581
Shares

काठमाडौं, २० चैत्र । ठमेलको ऐतिहासिक पोखरी माँसेर बनाइएको कमलपोखरीबारे मुद्दाको मंगलबार बहस भएको छ । मुद्दाका सम्बन्धमा सम्भवत बुधबार महत्वपूर्ण आदेश आउने भएको छ ।

अदालतमा सुनुवाईका क्रममा कमलपोखरीको कुल जमिनबारे समेत चासो भएको थियो । हाल छायाँ सेन्टर बनाइएको जमिन १२ रोपनी हो तर ऐतिहासिक दस्तावेजमा कमलपोखरीको जमिन २६ रोपनीभन्दा बढी रहेको छ । यसबारे पनि खोजी हुनसक्ने बुझिएको छ ।

कमलपोखरी माँसेर बनाइएको छायाँ सेन्टरविरुद्ध सम्पदाविद भागवतनरसिंह प्रधानले मुद्दा दायर गरेका थिए । यो मुद्दा लामो समययता अनिर्णित छ ।

छायाँ सेन्टर निर्माणमा देशका नाम चलेका व्यापारी, नेता देखि पूर्व कर्मचारी, सेना र प्रहरीका अधिकारीहरुको संलग्नता भेटिएको छ । उनीहरुले आफू र परिवारको नाममा छायाँ सेन्टरमा शेयर लिएका छन् । यसको खुलासा नेपाली पेनले गरिसकेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया