१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कांग्रेस युवा नेता अन्सारीले हजमा जाने हाजीहरुलाई ४ दिनसम्म खाने र बस्ने व्यवस्था गर्ने


415
Shares

सुनसरी,३१वैशाख। नेपाली कांग्रेसका युवा नेता एंव महाधिवेशन प्रतिनिधि डा.अबुल हुसेन अन्सारीले नेपाली मुस्लिम समुदायबाट यस वर्ष हज गर्न जाने हाजीहरुलाई काठमाडौंमा ४ दिनसम्म खाने र बस्नेको सम्पुर्ण व्यवस्था मिलाएका छन् ।
कोशी प्रदेशबाट हज गर्न जाने सम्पूर्ण हाजीहरुलाई काठमाडौं स्थित कसमिरी मस्जिदमा बस्ने र खाने व्यवस्था अन्सारीले गरेका हुन् ।

सेवा नै धर्म हो भने कुरालाई मध्ये नजर गर्दै यस वर्ष पनि आफ्नो समुदायका व्यक्तिहरुले धार्मिक हज यात्रामा साउदी अरेबिया जाने सम्पूर्ण हाजीहरुलाई सेवा गर्ने आफ्नो इच्छा रहेको उनले सुनाए ।

अन्सारीले भने,“कोशी प्रदेशबाट हजमा जाने हाजी र सहभागी सम्पुर्ण महानुभावहरुलाई ४ दिनसम्म बस्ने र खाने व्यवस्थापन गरेका छौं।” नेपाली कांग्रेसका नेता समेत रहेका समाजसेवी अन्सारीले उक्त सेवा गर्न कार्यमा साथ र सहयोग गर्ने सम्पुर्ण व्यक्तिलाई धन्यवाद व्यक्त गर्दै हजमा जाने हाजीहरुलाई सफल हजको शुभकामना समेत दिएका छन् ।

डा.अन्सारी कांग्रेसका युवा जमातमा निकै आशा लाग्दा नेताको रुपमा परिचित छन् । उनी सामाजिक सेवामा पनि त्यत्तिकै अग्रसर छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया