१९ पुस २०८१, शुक्रबार | January 3, 2025

पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट


332
Shares

काठमाडौं, १८ वैशाख । भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य संघसँगको सहकार्यमा काठमाडौंमा मंगलबार ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट’ को आयोजना गरेको छ । उक्त कार्यक्रमले ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानून क्षेत्रलाई समेतेको थियो ।

मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री ९एमआईसीसीआईए० र नेपाल–भारत उद्योग वाणिज्य संघका ३५ जना प्रतिनिधिले कार्यक्रममा सहभागीता जनाएका थिए ।
कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य संघकी अध्यक्ष श्रीमती सृजना राणाले भारतीय र नेपाली व्यापारबीच सहकार्यका लागि जलविद्युत, पर्यटन र कृषि सम्भावना बोकेको क्षेत्रको रुपमा रहेको बताइन् । मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री ९एमआईसीसीआईए० का अध्यक्ष राजदूत अनिल त्रिगुनायतले पछिल्लो द्विपक्षीय कनेक्टिभिटी पहलको सराहना गर्दै भारत–नेपाल आर्थिक साझेदारीलाई अघि बढाउन बीटूबी कनेक्सनको महत्व रहेको बताइन् ।

लगानी बोर्डका उपसचिव श्री रमेश अधिकारीले भारतीय लगानीकर्तालाई नेपालमा व्यापार गर्न स्वागत गरे । वैशाख १६–१७ गतेसम्म बसेको तेस्रो नेपाल लगानी सम्मेलनमा फलदायी छलफलमा सहभागी भएका कैयौ व्यक्तिगत व्यवसायका साथै एफआईसीसीआई, सीआईआई, आईसीसी र एमआईसीसीआईएका ५० भन्दा बढी सदस्यीय बलियो भारतीय प्रतिनिधिमण्डलको प्रशंसा गरे ।

बीटूबी बैठकमा नेपाल–भारत उद्योग वाणिज्य संघ र एमआईसीसीआईएबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो । नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताहरुका लागि लगानी सम्मेलनको एकदिन अगाडी नेपालका माननीय अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गर्नुभएको तेस्रो संस्करणको पुस्तिकाको प्रतिलिपि भारतीय प्रतिनिधिलाई उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया