३१ भाद्र २०८१, सोमबार | September 17, 2024

मटिहानीका अग्नि पीडितहरुलाई डा.झाद्धारा निःशुल्क जाँचसहित औषधी वितरण


1.7k
Shares

काठमाडौं,१५ वैशाख । प्रसिद्ध छाला तथा यौन रोग विशेषज्ञ डा.प्रसन्न झाको नेतृत्वमा मटिहानीका अग्नि पीडितहरुलाई निःशुल्क औषधी वितरण गरिएको छ । मटिहानी नगरपालिका–६ का अग्नि पीडि़तहरुको शनिवार (आज) घर–घर पुगी स्वास्थजाँच गरी निःशुल्क औषधि वितरण गरेको डा.झा ले जानकारी दिए ।

उक्त स्वास्थ्य जाँच कार्यक्रममा मटिहानी नगरपालिकाका जनस्वास्थ्य अधिकृत पवन मंडल, गेट वेल सुन नेपाल स्किन केयरका सहायकहरु बिक्कÞी यादव तथा कृति झा,जनमत पार्टीका मुखियापट्टी मुसरनीया पालिकाका नेताहरु मुना चौधरी,रामानन्दन महतो,सितासरण साह, ब्रिजमोहन यादव,मो.सब्बीर तथा नगराईन नगरपालिकाका अध्यक्ष घनश्याम मण्डल, सचिव रामचंद्र शर्मा,अमन भगतलगायतको सहभागिता थियो ।

त्यसैगरी कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य तथा धनौजी पालिका अध्यक्ष जाशिम खान,नेताहरू सरोज मण्डल, सन्जिप साह,सईम मोमिन,बैजू ठाकुर,जनकपुरधाम जनमत युवा नेता रंजित राय, जनकपुर–२० का जनमतका मुस्लिम अगुवा नेताहरु मो.अयुब,मो.सुलेमान तथा मो.तसलीम सहित स्थानीय समाजसेवीहरुको पनि उल्लेखनिय उपस्थिति रहेको थियो ।

 

बुधवारको आगलागीले घर गुमाएका महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवागाछी टोलका अग्नि पीडितहरुका लागि धमाधम राहत सामग्री जुट्ने क्रम जारी छ ।
आगलागीमा परेर सो बस्तीका १ सय १० वटा घर जलेर नष्ट भएका थिए भने अन्य ५० वटा घरको अन्न, लुगाफाटा र अन्य सामग्रीमा क्षति भएको बुझिएको छ ।

 

 

प्रतिक्रिया