टि २० क्रिकेटः नेपालको शानदार जित

काठमाडौं,१५ वैशाख । नेपालले पहिलो टि २० खेलमा वेष्ट इन्डिज ए लाई पराजित गरेको छ । रोहित पौडेलको शतकमा नेपालले वेष्ट इन्डिज ए लाई ४ विकेटले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदान किर्तीपुरमा भएको खेलमा २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएपनि जित्न सफल भएको हो ।
कप्तान पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकिय इनिङ खेले भने नेपाललाई ८ बलमा १३ रनको आवश्यकता थियो । म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगे । रोहितले ४७ बलमा शतक हानेका थिए,उनको यो टी–२० जीवनकै पहिलो शतक थियो ।
टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाएर २०४ रन बनाएको हो । नेपाल । वेष्टइन्डिज ए बीचको दोस्रो खेल टी–२० खेल आइतबार हुनेछ ।