१२ श्रावण २०८१, शनिबार | July 27, 2024

शेर्पा संघ बाग्मतीको आयोजनामा भोलि प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम हुँदै


747
Shares

काठमाडौं,१४ वैशाख । नेपाल शेर्पा संघ बाग्मती प्रदेश समितिले शेर्पा समुदाय र शेर्पा जनप्रतिनिधिहरुको चुनौती, सम्भावना बिषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । कार्यक्रम भोलि बैसाख १५ गते काठमाण्डौंमा आयोजना हुँदैछ ।

राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यतामा हुन लागेको कार्यक्रममा राष्ट्रिय निकुञ्जका विभागका पुर्व संरक्षक डा. लाक्पा नोर्बु शेर्पा, नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामा शेर्पा मुख्य वक्ताका रुपमा आमन्त्रण गरिएको छ ।

कार्यक्रममा बाग्मती प्रदेशमा रहेका शेर्पा सामुदायहरुको हक अधिकार र आगमी दिनमा शेर्पा सामुदायलाई कसरी राष्ट्रिय स्तरमा थप उजागर गर्न सकिन्छ भन्ने विषयलाई प्रमुख विषय बनाइएको नेपाल शेर्पा संघ बाग्मती प्रदेशका अध्यक्ष आङछिरि शेर्पाको भनाई छ । शेर्पा समुदायमा यस्ता कार्यक्रम विगतमा नभएकोले यो पहिलो पटक हुनु लागेको हुँदा भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै शेर्पा सबलीकरण गर्दै लैजाने अध्यक्ष शेर्पाले बताए ।

त्यसैगरी कार्यक्रममा भोटेकोशी गाउँपालिका अध्यक्ष्य पासाङ नुर्पु शेर्पा प्यानल सत्रको वक्ता रुपमा आचार्य पासाङ, निमि शेर्पा, ग्याल्जे लामा शेर्पाले समेत कार्यक्रमलाई सम्बोधन गर्ने जनाइएको छ ।

कार्यक्रममा बागमती प्रदेशको विभिन्न तहमा निर्वाचित शेर्पा जनप्रतिनिधिहरु र शेर्पा समुदायको संघ संस्थाहरुको प्रतिनिधिमूलक प्रतिनिधित्वको सहभागितामा भविष्यमा कार्यपत्र निर्माणार्थ शेर्पा समुदाय र शेर्पा जनप्रतिनिधिको विगत वर्तमान भविष्य विषयक अन्तरक्रिया हुने आयोजकले जनाएको छ । कार्यक्रममा शेर्पा समुदाय बाट निर्वाचित बागमती प्रदेशको विभिन्न तहको जनप्रतिनिधि र शेर्पा समुदायमा आवद्ध संघ संस्था ,किदुकको विभिन्न तहको प्रतिनिधिले कार्यक्रममा उपस्थिति जनाउन बैशाख १० गते नै प्रतिनिधि हरुको विवरण संकलन गरिसकिएको छ ।

यसैगरी, शेर्पा समुदायमा सक्रिय रहेको विभिन्न शेर्पा संघ संस्थामा आबद्ध प्रतिनिधिहरु प्रतिनिधित्व गराउने गरी झण्डै सय जना भन्दा बढीलाई आमन्त्रण गरिएको छ । शेर्पा संघले भाषा, लिपी, मौलिक चाडवर्व, आफ्ना पहिचान, संस्कृति परम्पराको संरक्षण र विकाको लागि विभिन्न काम र अभियान चलाउँदै आएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया