३१ भाद्र २०८१, सोमबार | September 17, 2024

दुईपटक संसद विघटन गरेको भन्दै विद्या भण्डारीलाई गणतन्त्र गौरव सम्मान दिने कार्यक्रम माधव नेपालद्वारा बहिष्कार


415
Shares

काठमाडौं, १० वैशाख । नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थापनाको हिरक महोत्सव नेकपा एमालेले भव्य रुपमा मनायो । एमालेले हिरक महोत्सवमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र माधवकुमार नेपाललाई निम्तो गरी भण्डारीलाई गणतन्त्र गौरवको सम्मान दिने योजना बनायो । माधव नेपालबाहेक निम्तो गरिएको सबै पूर्वप्रधानमन्त्री कार्यक्रममा पुगे ।

तर, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पुगेनन् । उनी एमालेका पूर्वमहासचिव हुन् । नेता नेपाल एमाले मुख्यालय रहेको तुल्सीलाल अमात्य प्रतिष्ठानमा नरबहादुर कर्माचार्यको स्मृति दिवसमा सहभागी भए । उनले विद्या भण्डारीलाई दिएको सम्मानप्रति कटाक्ष गरे ।

आफू हेपिन नजन्मिएको बताए । विश्वस्त स्रोतका अनुसार नेता नेपालले दुईपटक संसद विघटन गर्ने विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव मान्न आफू तयार नभएको भन्दै कार्यक्रम नै बहिष्कार गरे ।

प्रतिक्रिया